महिला खबर

छानिएका २० जना महिला उद्यमी
पाल्पा । नेतृत्व र उद्यमशिलतामा आउने चुनौतीलाई अवसरमा परिणत गर्ने उद्देश्यले पाल्पामा महिला इन्टरप्राइज च्यालेञ्ज प्रतियोगिता २०१६ हुने भएको छ । यो प्रतियोगिता मार्फत उत्कृष्ट १० महिला उद्यमीे घोषणा गरिने दायित्व नामक संस्थाद्वारा जारी विज्ञप्त्मिा जनाईएको छ । ग्रामिण क्षेत्रमा महिलाले गरेको व्यावसायिक उद्यमशीलतालाई आधार बनाएर उत्कृष्ट महिला उद्यमी घोषणा गर्न लागिएको हो ।
दायित्व नामक संस्थाले अहिलेसम्म सयभन्दा बढी सफल उद्यमी प्रवद्र्धन गरिसकेको जनाएको छ । दायित्व उद्यमशीलता दुु्रतिकरण कार्यक्रम अन्तर्गत पाल्पा, गुल्मी र रामेछापमा अधिकांस महिला पूर्ण रुपमा उद्यमी भएतापनि उनीहरूले गर्ने उद्यमको नेतृत्व पुरुषले गर्ने गरेकाले उनीहरूको नेतृत्व विकासलाई प्राथमिकता दिइएको दायित्वकी कम्युनिकेसन असिस्टेन्ट सञ्जु पौडेलले बताइन् ।
यसका लागि पाल्पा जिल्लामा पहिलो पटक महिला उद्यमशीलता दु्रतिकरण कार्यक्रम आयोजना गरेर पाल्पा जिल्लामा महिला उद्यमीको पहिचान गरी उनीहरूको आर्थिक समृद्धीमा पँहुच बढाउन उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
प्रतियोगितामा पाल्पा जिल्लाका २ सय ५१ जना उद्यमी सहभागी थिए । प्रतियोगितामा उद्यमीहरूलाई तीन चरणमा छनौट गरिएको थियो । पहिलो चरणमा उद्यमीले फारम भरेको आधारमा उत्कृष्ट ४० जना महिला उद्यमी छनौट गरिएको थियो भने दोस्रो चरणमा एसएमएस मतदानमार्फत उत्कृष्ट २० उद्यमी छानिएको पोडेलले जानकारी दिइन् ।
तेस्रोे चरणको छनौटका लागि कात्तिक १८ गते बिहीवारदेखि २० गते शनिवारसम्म महिला उद्यमीको घर तथा कार्यस्थलमै गई उनीहरूको काम तथा प्रस्तुतीकरणको मुल्यांकन गरेर २० मध्येबाट उत्कृष्ट १० उद्यमीको छनौट गरिने छ ।
उत्कृष्ट २० महिला उद्यमीको व्यवसाय बृद्धि तथा क्षमता विकासका लागि दायित्वले यो वर्ष प्राविधिक तथा नेतृत्व विकासको तालिम दिने जनाएको छ ।
आर्थिक सम्वृद्धिका लागि उद्यमशीलता महत्वपूर्ण भएकाले आगामी पाँच वर्षमा पाँच हजार उद्यमी बनाउने र तीमध्ये दुई हजार महिला उद्यमी हुने उक्त संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
Comment Here!