दिदी बहिनी र सङ्गी टिका


प्रकाशित मिति :2016-11-02 12:45:27

महिला खबर

14963473_1333692950006626_2070485457_o
काठमाडौं । सामाजिक साँस्कृतिक रुपान्तरणका लागि भन्दै दिदी बहिनी र सङ्गीलाई टिका लगाएर तिहारको भाइटीका मनाइएको छ ।
परम्परा जोगाई यसमा देखिएका त्रुटिलाई हटाउँदै समाजमा सकारात्मक सन्देश दिन दिदी बहिनी र सङ्गीबीच टिका लगाउने कार्यक्रम गरेको महिलाको निम्ति महिला मञ्च नेपालकी संस्थापक अध्यक्ष सृजना पुनले बताउनुभयो ।

कार्यक्रममा शक्ति समूहकी संस्थापक अध्यक्ष चरिमाया तामाङ्गले दाइ भाइले मात्र होइन दिदी बहिनीले पनि एक अर्कालाई टिका लगाउन हुन्छ भन्ने सन्देश दिन यो कार्यक्रमले सघाउने बताउनुभयो । दाजुभाइ नहुने दिदीवहिनीकाहरूका लागि यस्तो कार्यक्रमले निराश नहुन प्रोत्साहन गर्ने उहाँको भनाइ थियो ।

बालाजुको बाइसधारा पार्कमा सम्पन्न दिदी बहिनी र सङ्गी टिकामा मनोरन्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाले एक अर्कालाई टिका लगाएर शुभकामना आदान प्रदान गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: