भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालमा
राष्ट्रपति विद्या भण्डारीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत
महिला खबर
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि अाज मध्यान्ह नेपाल आइपुग्नुभएको छ ।
राष्ट्रपति विद्या भण्डारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा मुखर्जीको स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति मुखर्जीले आजै शीतलनिवासमा भेटवार्ता गर्नुहुनेछ । उहाँको सम्मानमा राष्ट्रपति भण्डारीले आज साँझ रात्रिभोजको आयोजना गर्दै हुनुहुन्छ ।
१८ वर्षपछि भएको भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।उहाँको सुरक्षाका लागि भारतीय कमाण्डोको विशेष टोली पनि मुखर्जीसँगै नेपाल आएको छ ।
Comment Here!