१०२ वर्षीया बृद्धाले क्लिन्टनलाई मतदान गर्ने


प्रकाशित मिति :2016-11-02 15:50:34

महिला खबर

102-year-old
एजेन्सी। अमेरीकाको एरिजोनाकी १०२ वर्षीया बृद्धा जेरी इमेटले आगामी राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटीक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई मतदान गर्ने बताएकी छिन। उनी संयुक्त राज्य अमेरिकामा महिलालाई मताधिकार प्राप्त हुनु ६ वर्षअघि सन् १९१४ मा जन्मेको अमेिरकाबाट प्रकाशित हुने डेलीन्युजले जनाएको छ।

१०२ वर्षीया ज्येष्ठ नागरिक जेरी इमेट क्लिन्टनकी समर्थक हुन् र उनले मताधिकार सदुपयोग गर्दै क्लिन्टनलाई जिताउन एरिजोनावासी सबै महिलालाई आह्वान गरेकी छन् । जेरी जुलाई महिनामा फिलाडेल्फियामा महिनाभर त्यहाँका सञ्चार माध्यममा मुख्य समाचार बनेकी थिइन । उनले अमेरिकाको पुर्व मतदान प्रणालीलाई प्रयोग गर्न पनि आव्हान गरेकी थिइन्।

अमेरिकी संविधानको १९ औं संसोधनपछि सन् १९२० को अगस्ट महिनादेखि अमेरीकामा महिलाले मताधिकार प्रदान गरिने बिधेयक स्वीकृत भएको थियो । त्यतिबेला इमेटले आफ्नी आमा पहिलोपटक मतदान गर्न गएको दिन स्मरण गरेकी थिइन्।

अवकाशप्राप्त शिक्षिका जेरी भन्छिन् ‘ जिवनभर आफ्नो भोट एक महिलालाई हाल्न पर्खेर बसेको र क्लिनटन, जो अब राष्ट्रको प्रथम महिला राष्ट्रपति बन्नेछिन्, उनलाई मतदान गर्न आफू निकै उत्साहित छु ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: