जिल्लाव्यापी  तेक्वान्डो प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार


प्रकाशित मिति :2016-11-02 16:42:05

महिला खबर

teakwondoभक्तपुर  । जिल्लाव्यापी प्रथम तेक्वान्डो प्रतियोगिताका विजयी खेलाडीलाई आज पुरस्कार वितरण गरिएको छ ।

जिल्ला खेलकुद विकास समिति भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा सो पुरस्कार वितरण गरिएको हो ।

प्रतियोगितामा छ स्वर्ण, एक रजत, एक कास्यसहित ‘द’ च्यालेन्जर तेक्वान्डो डोजाङले प्रथम स्थान हासिल गर्दै उत्कृष्ट भएको प्रतियोगिताका संयोजक श्याम बस्नेतले बताउनुभयो ।

महिला जुनियर तर्फ २३ देखि २६ वर्ष उमेर समूहकी रितिका महर्जन, ३५ देखि ३८ वर्ष उमेर समूहकी समिता सापकोटा, ३८ देखि ४२ वर्ष उमेर समूहकी निर्मल कुटुव, ४२ देखि ४६ वर्ष समूहमा कसिश श्रेष्ठ र ४६ देखि ४९ वर्ष उमेर समूहमा एलिसा लामाले स्वर्ण पदक हात पारेका छन् ।

प्रतियोगितामा चार स्वर्ण, चार रजत र छ कास्य पदकसहित सल्लाघारी तेक्वान्डो डोजाङ दोस्रो भएको छ ।  प्रतियोगितामा तीन स्वर्ण, तीन रजत र तीन कास्यसहित स्टार गणतान्त्रिक समूहले तेस्रो स्थान हात पारेको छ । प्रतियोगितामा  श्रीपद्य माविकी अञ्जली चौगुठी उत्कृष्ठ महिला खेलाडी भइन् ।

प्रतियोगितामा १६ डोजाङका १२८ पुरुष र ५५ जना महिला खेलाडीसहित १८३ खेलाडी सहभागी  थिए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: