तीनदिनसम्म सुत्केरी व्यथाले थलिएकी  आइतमायाको उद्धार


प्रकाशित मिति :2016-11-03 10:08:51

महिला खबर

गोरखा । तीन दिनदेखि सुत्केरी व्यथा लागेपनि बच्चा नजन्मेपछि   गोरखा गुम्दाकी २४ वर्षीया आइतमाया गुरुङलाई हेलिकोप्टरबाट काठमाडौं लगिएको छ ।

सुत्केरी व्यथा लागेको लामो समयसम्म पनि आइतमायाले बच्चा जन्माउन नसकेपछि सुत्केरी गराउन काठमाडौँको थापाथलीस्थित प्रसूति गृहमा ल्याइ पुर्याइएको बिरामीका आफन्त सन्त गुरुङले बताउनुभयो ।

आइतमायालाई माउन्टेन एअरको हेलिकोप्टरबाट बुधवार  काठमाडौँ लगिएको हो ।  एक लाख ३० हजार रुपैयाँ भाडा तिरेर हेलिकप्टर भाडामा लिएको गुरुङले बताउनुभयो  । आइतमायाको श्रीमान् माइला पदयात्रामा गएका छन् ।

स्थानीय स्वास्थ्य संस्थाले सुत्केरी गराउन नसकेपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौ लगिएको हो । गुम्दा गाउँसम्म सडकको ट्र्याक भए पनि भनेका बेला जिप पाउन मुश्किल हुन्छ  । सदरमुकामदेखि गुम्दा पुग्न करिब एक दिन जिपको यात्रा गर्नुपर्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: