महिलाले  बनाए सामुदायिक भवन


प्रकाशित मिति :2016-11-03 11:03:29

महिला खबर

म्याग्दी ।  घराम्दीका महिलाले  चार लाख रुपैयाँको लागतमा दुईतले सामुदायिक भवन बनाएका छन् । जिविसको  दुई लाख रुपैयाँ अनुदान र स्थानीय बासिन्दाको  दुई लाख बराबरको श्रमदानमा भवन बनाएको आमा समूहकी सदस्य सुजिना पुनले जानकारी दिनुभयो ।
भवन निर्माणका लागि घराम्दीका एक सय २६ घरधुरीले एक दिनका दरले श्रमदान गरेका थिए । पुरानो भवन जीर्ण बनेपछि त्यसलाई भत्काएर नयाँ बनाएको सदस्य पुनले बताउनुभयो ।

महिलालाई गाउँका अगुवा तथा पुरुषले पनि भवन निर्माणको काममा सहयोग गरेका थिए । सामुदायिक भवन बनेपछि गाउँमा सार्वजनिक कार्यक्रम आयोजना, भेला, सम्मेलन तथा छलफल गर्न सहज भएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: