महिला खबर
काठमाडौं । एकजना पर्यटन व्यवसायी, रुपचन्द्र महर्जनले तरकारी बोकेर हिँड्दै गरेकी युवतीको खिचेको तस्बिर अहिले इन्टरनेटमा भाइरल बनिरहेको छ। उनको उक्त तस्विर दशौं करोड मानिसले हेरिसकेका छन् र फेसबुकमा पनि उनको नाम खोजी गर्ने निकै बढिरहेका छन् । उनको सुन्दर अनुहार र मेहेनतको धेरैले प्रशंसा गरेका छन् । बीबीसी हिन्दीलगायत भारत र अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उनका बारेमा समाचार बनाएका छन् ।
ती युवतीलाई मेहनती र सुन्दर भन्दै सामाजिक सञ्जालमा युवतीको तारिफ भइरहेको छ । भारतीयहरूले युवतीको प्रशंसा गर्दै ट्वीटरमा ‘तरकारीवाली’ #Tarkariwali नाममा ह्यासट्याग ट्रेन्ड नै चलाएका छन् ।
महर्जनले यी युवतीको तस्बिर गोरखाको भुम्लिचोक गाविसकोमा लिएका थिए । चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेकी युवतीको तस्बिरले सामाजिक सञ्जाल र समाचारमा तहल्का मच्चाएको छ।

कुसुम को फेसबुकबाट
यस अघि सञ्चार माध्यमले पाकिस्तानमा चिया बेच्ने एकजना युवाको तस्बिर इन्टरनेटमा निकै भाइरल बनेको थियो । चर्चा पाएसँगै पाकिस्तानी युवा अरसद खान अहिले चिया बेच्न छोडेर मोडलिङमा व्यस्त छन् ।
बिभिन्न सञ्चार माध्यमको सहयोगमा
Comment Here!