तरकारीवालीसँग वार्ता : मोडलिङको प्रस्ताव आए गर्छु


डर लागेर फोटो तुरुन्तै हटाएँः रुपचन्द्र महर्जन

प्रकाशित मिति :2016-11-03 15:44:42

महिला खबर

mergerd
काठमाडौं । तरकारीवालीका नामले सामाजिक सञ्जालमा भाइरल बनेकी कुशुम श्रेष्ठले आफू लोकप्रिय भएकोमा रमाइलो लागिरहेको प्रतिक्रिया दिएकी छन् । महिलाखबर डट कमसँगको टेलिफोन कुराकानी उनले सवैभन्दा पहिला आफूसँग सँगै पढेको साथीले फेसबुकमा आएको आफ्नो फोटो म्यासेन्जरमा पठाइदिएपछि थाहा पाएको बताइन् ।

tarkariwali4फोटो खिचेको थाहा थियो भन्ने जिज्ञाशामा उनले भनिन् ‘थाहा थिएन, साथीले तिम्रो फोटो फेसबुकमा आएको छ हेर भनेर म्यासेन्जरमा पठाएदिइन् ।’ ‘आफ्ना बारेमा आएका समाचारहरू पढिरहेकी छु’ उनले थपिन् ।

 गोर्खा वाङलिङकी कुशुम अहिले चितवनको माडीमा* क्वेष्ट मोडल कलेजमा ११ कक्षा पढिरहेकी छन् ।   चितवनमा रहेका आफ्ना काकाको घरमा उनी बस्दै आएकी छन् । उनका बुवा आमाले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । ‘दसैंतिहारको विदामा घर गोर्खा आएका बेला गोलभेंडा बेच्न फिस्लिङ आएकी थिएँ’ उनले भनिन् ।

बुवा चन्द्र नारायण श्रेष्ठ र आमा ज्ञानु श्रेष्ठकी एक्ली छोरी कुशुमले घर आएका बेला बुवा आमालाई सघाउने गरेको बताइन् । पाकिस्तानमा चिया बेच्ने युवक अरसद खानको उदाहरण दिँदै तपाइलाई पनि चलचित्र खेल्ने वा मोडलिङ गर्ने प्रस्ताव आएमा गर्नुहुन्छ भन्ने महिला खबरको जिज्ञाशामा उनले यस्तो कामको प्रस्ताव आएमा आफूले गर्ने बताइन् । कुरैकुरामा उनले भनिन् ‘अब तस्बिर खिच्न दिन्न ।’

पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले त्रिशुलीमा पर्यटकलाई र्‍याफ्टिङ गराइसकेर पारी पट्टीको गाउँमा घुमाउन लैजाने क्रममा गोर्खा र चितवन जोड्ने फिस्लिङको झोलुङे पुलमा उनको तस्बिर खिचेको महिला खबरलाई बताए । उनले भने ‘गोलभेंडाको क्रेट बोक्ने ती नानी पढेलेखेकी तर सरल लाग्यो र फोटो खिचें, फेसबुकमा राखेको केही छिन मै फोटो भाइरल भएछ, मलाइ पनि थाहा थिएन ।’

गत शुक्रवार उनले कुशुमका दुईवटा र एउटा गालभेंडाको क्रेटको फोटो आफ्नो फेसबुकमा राखेका थिए । ‘शनिवार व्यस्त भएर आइतवारमात्रै फेसबुक खोल्दा फोटो लोकप्रिय भइसकेको रहेछ’ उनले भने । पर्यटन व्यवसायी भएकाले गाउँले जीवनको तस्बिर खिच्नु आफ्नो शोख भएको उनले बताए ।

ती बहिनीको फोटोको बारेमा धेरै प्रचार भएपछि उनलाई समस्या पर्छ की भनेर डराएर फोटो तुरुन्तै फेसबुकबाट हटाएको उनको भनाइ थियो । भने ‘मैले खिचेको फोटोका कारण उनको व्यक्तिगत र सामाजिक जिवनमा समस्या भयो भने मलाई गाल पर्छ भनेर हटाएको हुँ ।’ तर उनले फोटो हटाइसक्दा उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो ।

उनको यो तस्विर करोडौंले हेरेका छन् भने फेसबुकमा कुसुमको नाम खोज्नेहरूपनि लाख भन्दा बढी भइसकेको छन् ।

सच्याईएकाे

टांडीमा*

थप समाचार…

इन्टरनेटमा भाइरल नेपालकी ‘तरकारीवाली’

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: