महिला खबर
बैतडी । बैतडीमा १४८ जना बालबालिकामा कडा खालको कुपोषण देखिएको छ । तीन महिनाभित्र तीन हजार ४१५ बालबालिकामा पोषण स्थितिबारे जाँच गरिएकामा १४८ जनामा कडा खालको शीघ्र कुपोषण देखिएको हो ।
कडाखालको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम सञ्चालन भएको तीन महिनापछि उक्त जाँच गरिएको कार्यक्रमका जिल्ला संयोजक प्रदीप पराजुलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न गाविस तथा नगरपालिकाका छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषणको स्थितिका बारेमा जाँच गरिएको थियो ।
जाँच गरिएका बालबालिकामध्ये १४८ जनामा कडा खालको कुपोषण देखिएको छ भने ३९४ जनामा मध्यम शीघ्र कुपोषण देखिएको छ । कडा खालको कुपोषण देखिएका बालबालिकामध्ये ७९ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
जिल्लाका विभिन्न नौ ठाउँमा सञ्चालन गरिएको कार्यक्रममा कडा कुपोषण भएका बालबालिकाको निःशुल्क उपचार गरिएको कार्यक्रमका तथ्याङ्क अधिकृत सुष्मा राइले जानकारी दिनुभयो ।
प्रत्येक गाविसमा महिला स्वास्थ्य स्वयंसेविका, अन्य स्वास्थ्यकर्मी र कार्यक्रमका कर्मचारीमार्फत बालबालिकाको पोषणको स्थितिका बारेमा पत्ता लगाउने काम भइरहेको उहाँले बताउनुभयो ।
Comment Here!