महिला खबर
उदयपुर । पन्ध्र वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा उदयपुरको कटारी नगरपालिकाका १८ वर्षीय टेकबहादुर गुरुङविरुद्ध इलाका प्रहरी कार्यालयले मुद्दा दर्ता गरेको छ ।
प्रहरीले अभियुक्तलाई पक्राउ गरेर जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ । पाँच दिनअघि साँझमा घरमा कोही नभएको मौका पारेर गुरुङले किशोरीको घरभित्र छिरेर मुख थुनी किशोरीलाई बलात्कार गरेको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले बताउनुभयो ।
किशोरी चिच्याएको आवाज सुनेर छिमेकी आएपछि भागेर एक स्थानीयको घरमा लुकिरहेको अवस्थामा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Comment Here!