प्रमुख जिल्ला अधिकारी घिमिरेको विदाई


प्रकाशित मिति :2016-11-04 18:18:11

महिला खबर

induकपिलवस्तु । कपिलवस्तु जिल्लाकी प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेलाई एक कार्यक्रमका बिच बिदाई गरिएको छ । अाठ महिना यता प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत रहेकी उनी अध्ययनका लागि अष्ट्रेलिया जान लागेकाले बिदाई गरिएको हो ।

उनी प्रमुख जिल्ला अधिकारी भएर आएको ८ महिनाको अवधिमा प्रशासनिक सुधारका लागि उल्लेखनिय काम गरेकी भन्दै घिमिरेकै अगुवाईमा सदरमुकाममा युवाको सहभागितामा आयोजना हुँदै आएको सुन्दर तौलिहवा अभियानले उनलाई बिदाई गरेको थियो । विदाइ कार्यक्रममा मन्तब्य दिने अधिकांसले प्रजिअ घिमिरेको कार्यकालमा प्रशासनिक सुधार, लैगिंक र नागरिकमैत्री कार्यालय बनाउन पहल हुनुका साथै सरकारी कार्यालय सँगै नगर क्षेत्रको सरसफाईमा समेत उल्लेख्य सुधार आएको बताएका थिए ।

सो अवसरमा बोल्दै प्रजिअ घिमिरेले आफूले कपिलवस्तु जिल्लामा नागरिकस्तरको राम्रो सहयोग पाएको बताउँदै आफूले कपिलवस्तु जिल्लामा बिकासका लागि बिभिन्न सम्भावना देखेकाले आफ्नोस्तरबाट सक्दो पहल गर्ने बचन दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: