बाख्रा बेचेर छोरालाई इन्जिनियर बनाउने उमा


प्रकाशित मिति :2016-11-04 18:45:19

सर्मिला बुढाथोकी

आफूले पालेक बाख्रासँग उमा

आफूले पालेक बाख्रासँग उमा

दोलखा । पैसा कमाउनकै लागि अहिले धेरै महिला जोखिमपूर्ण काम गर्न विदेश गएका छन् । तर मेहेनत गर्ने हो भने आफ्नै गाँउ घरमा प्रशस्त पैसा कमाउन सकिने उदाहरण बनेकी छन् दोलखा भीरकोट गाविसकी उमा काफ्ले ।

महिला तथा बालबालिका कार्यालय दोलखाले अनुदान सहयोग गरेको ३५ सय रुपैयाँबाट २०७० सालदेखि बाख्रा पालन सुरु गरेकी भीरकोट गाविस वडा नम्बर डाँडागाउँकी उमा काफ्लेले अहिले बार्षिक तीन लाख रुपैयाँसम्म कमाई गर्न थालेकी छन् ।

२०७० सालमा महिला तथा बालकालिका कार्यालयबाट बाख्रा पालन सम्बन्धि तालिम लिएर कार्यालयले नै अनुदानमा दिएको ३५ सय रुपैयाँले एउटा बाख्रा किनेर व्यवसाय सुरु गरेको उमाले बताईन ।

अहिले उनीसँग १५ वटा बाख्रा र ३ वटा खसी छन् । उमाले बाख्रा पालन ब्यवसायको आम्दानीबाटै आफुले छोरालाई इन्जिनियर बनाएको बताईन् ।

‘अहिले म बाख्रा बेचेरै मासिक २५ हजार रुपैयाँसम्म कमाई गर्छु, त्यही कमाईले काठमाडौँमा बसेका छोरा छोरीलाई खर्च समेत पठाउने गरेको छु’ उमाले भनिन् ।

मेहेनत ग¥यो भने पारिवारिक गुजाराका लागि गाँउ घरमै बसेर पनि पर्याप्त कमाई हुने उमाको भनाई छ । ‘महिलाहरू पैसाकै लागि जोखिम मोलेर विदेश जानै पर्दैन, जस्तो अनपढ विदेश जाँदा मुश्किलले ३०÷४० हजार कमाई हुने हो, मेहेनत गर्ने हो भने त्यति त गाँउमै परिवारसँग बसेरै कमाई गर्न सकिन्छ नी’ उमाले भनिन्

बाख्रा पालन व्यवसायबाट छोरालाई इन्जिनियर बनाएकाले बुढेसकालमा छोराको कमाईले राम्रो गुजारा हुने आपेक्षा उमाको छ । आफूले सकुन्जेल गाउँ घरमै बसेर पनि सकेको व्यवसाय गर्नुपर्ने र बालबच्चालाई राम्रो शिक्षा दिक्षा दिनुपर्ने उमाको भनाइ छ ।

महिला तथा बालबालिका कार्यालयले बाख्रा पालन सम्बन्धि तालिम दिएर अनुदान रकम समेत उपलब्ध गराएपछि त्यसलाई सदुपयोग गर्दै आफू सफल कृषक बनेको बताउने उमा सबैले सिकेको सिपलाई उपयोग गर्नुपर्ने बताउँछिन् ।

महिला तथा बालबालिका कार्यालय दोलखाको प्रमुख लक्ष्मी ढकाल दोलखाको भीरकोट गाविसको दुईवटा वडामा गरिबीविरुद्ध महिला अभियान अन्र्तगत महिला समूहमा आवद्धलाई बाख्रा पालन सम्बन्धि तालिम दिएर ३५ हजार अनुदान सहयोग गरेको र त्यसबाट धेरै महिला व्यवसायी बनेको बताउछिन् । कार्यक्रमलाई अहिले गाविसको ७ वटा वडामा विस्तार गरेको र कार्यक्रमले सकारात्मक प्रभाव पारेको ढकालको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: