कुसंस्कारले लियो किशोरीको ज्यान


प्रकाशित मिति :2016-11-04 19:21:13

महिला खबर
कपिलवस्तु । अन्धविश्वासका कारण झारफुकमा लाग्दा बलरमवापुर गाविस बडेगाउँकी  १५ वर्षीया  अन्जनी यादवको ज्यान गएको छ । अन्जनी बिरामी भएको १२ दिन भएको थियो, तर उनको परिवारले औषधि उपचार गर्नुभन्दा झारफुक गर्दै आएको थियो ।

आर्थिक अवस्था राम्रै भएपनि  उनका बुवा ऋषिराम यादवले माता रिसाउने भन्दै   समयमा अाैषधि उपचार नगराउँदा अन्जनीको ज्यान गएको हो । औषधि गराए माता रिसाउनुहुन्छ भन्दै परिवार धर्मकर्ममा व्यस्त रहन्थ्यो ।

उनको परिवारले बिहानै उठेर नुहाई धुवाई गरी नीमको पातले  बिरामीलाई हम्कने, झारफुक गर्ने गर्दै अाएका थिए । अन्जनीको शरीरमा साना साना फोका निस्किएका थिए । मधेसमा शरीरमा फोका निस्कियो भने माताजी निस्किनु भएको छ भन्ने धार्मिक विश्वासले अझै जरो गाडेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: