सूचना नभएर अधिकारबाट महिला वञ्चित


प्रकाशित मिति :2016-11-04 20:10:22

महिला खबर

ललितपुर । सूचना नभएकै कारण राज्यले उपलब्ध गराएको सुविधाबाट महिला वञ्चित भएको प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले बताउनु भएको छ ।

राष्ट्रिय सूचना आयोगले शुक्रवार आयोजना गरेको कार्यक्रममा प्रमुख सूचना आयुक्त  बास्कोटाले सूचनाको हकका विषयमा जानकारी नहुँदा महिला राज्यले दिएको हकको उपयोग गर्नबाट वञ्चित भएको बताउनुभयो ।

सहरी क्षेत्रमा समेत महिलाले यस विषयमा बुझ्न नसकेको उहाँको भनाइ थियो ।

कार्यक्रममा  सूचना आयुक्त यशोदा तिम्सिनाले सेवाग्राहीलाई मात्रै नभएर सेवाप्रदायकलाई समेत सूचना नभएको बताउनुभयो ।  जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखलाई समेत निःशुल्क दिने औषधिका बारेमा जानकारी नभएको पाइएको उहाँले बताउनुभयो । पत्रकारले सूचनाको हकका विषयमा आमनागरिकलाई बुझाउनुपर्नेमा उहाँको जोड छ ।

सूचना आयुक्त किरण पोखरेलले महिला मात्रै नभएर मधेसी, जनजाति, दलित, उत्पीडितलगायतले राज्यले उपलब्ध गराएको सुविधाका विषयमा सूचना नपाएको अाैंल्याउनुभयो । लक्षित वर्गसम्म सूचना पुर्याउन पत्रकारको भूमिका महत्वपूर्ण भएको उहाँको भनाइ थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: