भोट गरी जिताउन सम्पूर्ण नेपालीलाई मीरा राईको आव्हान
आत्मविश्वास बढाउन खेलले हिम्मत दिन्छ
महिला खबर
काठमाडौं। नेपाली अल्ट्रा धाविका मीरा राईले आफूलाई भोट गरी जिताउन देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई आव्हान गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई भोट गरी जिताउन उनले आव्हान गरेकी हुन् । उनले भनेकी छन् ‘ तपाईहरूको माया साथ संगालेर, नेपाली स्वभीमान जोगाउने प्रयास गर्दैछु, यसपाली नेसनल जियोग्राफीले मलाई पनि छनौट गरेछ, अनलाई भोटिङ गर्नुपर्ने व्यवस्था गरेको छ । मलाई भोट गरी दिनुहुनु अनुरोध गर्दछु ।’
नेपाली महिलाका लागि खेल निकै नै महत्वपूर्ण भएको उनले बताएकी छन् । मीरा राई भन्छिन् ‘खेलले महिलालाई आत्मविश्वास बढाउनुका साथै समाजमा भएका रुढिवादी सोचलाई तोडेर अगाडि बढ्न हिम्मत प्रदान गर्दछ।’
नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा उनी परेकी छिन् । १२ औं एड्भेन्चर्स अफ द इयर अवार्डका लागि नेसनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आबद्धहरूमध्ये १० जनाको मनोनयन गर्ने गर्दछ र यस पटक मनोनयनमा नेपाली धाविका मीरा राई पनि परेकी हुन्।
मनोनयनमा परेकाहरूलाई नेशलन जियोग्रफिकको आधिकारीक वेवसाइट ( http://www.nationalgeographic.com/adventure/adventurers-of-the-year/2017/mira-rai-nepal-trail-runner/)मार्फत भोट दिन सकिनेछ । भोटिङ नोभेम्बर ३ देखि सुरु भइसकेको छ भने आगामी डिसेम्बर १६ सम्म गर्न सकिनेछ ।
बिजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ । अनलाइन भोटिङका आधारमा सन् २०१७ को जनावरीमा पिपुल्स च्वाइस अवार्डको विजेताको नाम घोषणा गर्ने बताइएको छ ।
मीराले दुई वर्षदेखि अल्ट्रा धाविकाको रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा निक्कै सफलता पाई सकेकी छिन् । पूर्वी नेपालको भोजपुरमा जन्मिएकी २७ वर्षीय मीरा राई तत्कालीन नेकपा माओवादीकी लडाकुसमेत थिइन् तर, शान्ति सम्झौतापछि उनी अयोग्यमा परिन र एथ्लेटिक्समा लागेकी थिइन्। मीराले पहिलो पटक काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा भाग लिएकी थिइन् ।
थप समाचार
Comment Here!