देउसी खेलेको रकम अपाङ्ग असहायलाई


प्रकाशित मिति :2016-11-07 09:55:41

महिला खबर
इटहरी । तिहारमा देउसी खेलेर संकलन गरेको रकमवाट धरानका महिलाले अपाङग असहायलाई खाद्यान्न वितरण गरेका छन् । धरानस्थित त्रिवेणी महिला समूहले देउसी खेलेको रकमले धरानको अपाङग पुनस्र्थापना गृह र सुनसरी पकलीको रामजानकी वृद्धा आश्रमका अनाथ, असहाय वृद्धालाई खाद्यान्न, लत्ताकपडा, फलफूल र मिठाई वितरण गरेको हो । देउसीभैलो खेलेको रकम फजुल खर्च गर्नुभन्दा सेवामुलककार्यमा खर्च गरिएको त्रिवेणी महिला समूहकी अध्यक्ष चुङ शेर्पाले जानकारी दिनुभयो ।

यसैबिच झापा दमकका सञ्चार उद्यमी युवा व्यवसायी सुवासचन्द्र भट्टराईले मोरङको उर्लाबारीमा रहेको नमुना बालगृहको अक्षयकोषका लागि १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । दमकको पूर्व सन्देश दैनिक पत्रिकाका प्रवन्धक भट्टराईले आश्रममा रहेका अनाथ वालवालिकाको पालन पोषणका निम्ति स्थापित अक्षयकोषकालागि बालगृहकी प्रमुख मीना बराललाई सो रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा देउसीभैलोबाट सङ्कलित २५ हजार बराबरको सहयोग सामग्री समेत स्थानीयले बालगृहलाई प्रदान गरेका छन् । सोही कार्यक्रममा दमकका समाजसेवी प्रकाश अधिकारीले नगद ५ हजार १ सय रुपैयाँ बालगृहलाई प्रदान गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: