एमाले बरिष्ठ नेता नेपाल र अमेरिकी राजदूत टेप्लिजबीच भेट


प्रकाशित मिति :2016-11-07 12:12:41

महिला खबर

tepliz
काठमाडौं । नेकपा (एमाले) का बैदेशिक मामिला विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइना टेप्लिजले सोमवार शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा राजदूत टेप्लिजले नेपालको विकास र प्रगतिमा आफ्नो मुलुक साझेदार रहेको चर्चा गर्दै नेपालको आर्थिक विकास, राजनीतिक स्थिरता र सुशासनका लागि सदैव सहकार्य गर्ने उल्लेख गर्नुभयो । नेपालमा नयाँ संविधान बनेपछि राजनीतिक स्थिरता हासिल गर्नेतर्फ भएका उपलब्धिको प्रशंसा गर्दै राजदूत टेप्लिजले यस दिशामा सबै राजनीतिक दलहरू एक ठाउँमा आउने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले अमेरिकाका तर्फबाट नेपाललाई हुँदै आएको सहयोगका लागि धन्यवाद दिँदै नयाँ संविधान बनेपछि सिर्जित स्थायित्वको परिवेशमा थप सहयोग र लगानीलाई आफ्नो मुलुकले स्वागत गर्ने बताउनुभयो ।

संविधान संशोधनका बारेमा राजदूत टेप्लिजले राखेको जिज्ञासामा बरिष्ठ नेता नेपालले मधेसी दलहरूको माग अनुसार यसअघि संविधानका दुई धारामा संशोधन भइसकेको उल्लेख गर्दै यति छोटो अवधिमा विनाकारण छिटो–छिटो संविधान संशोधन गर्ने अभ्यास कतै नरहेको र संविधान संशोधनका लागि उठाइएका मुद्दाहरु उचित नरहेको कारण त्यसमा सहमति हुन नसक्ने स्पष्ट पार्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: