कडा शिघ्र कुपोषण देखिएका गाविसमा अनुगमन


प्रकाशित मिति :2016-11-07 13:58:55

महिला खबर

पोषण जाँचको क्रममा  पाखुराको नाप लिईंदै

पोषण जाँचको क्रममा पाखुराको नाप लिईंदै

दोलखा । दोलखामा जिल्ला स्वास्थ्य कार्यालयलगायत बिभिन्न गैरसरकारी संघ संस्थाले लामो समयदेखि पोषण सम्बन्धि कार्यक्रम सञ्चालन गर्दै आएको भएपनि कुपोषणको समस्या कायमै रहेको छ ।

जिल्लाको ५ वटा गाविसका बालबालिका र महिलामा कडा कुपोषण देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले अनुगमन सुरु गरेको छ । दोलाखको ४८ गाविस र २ नगरपालिका मध्ये मेलुङ, सुनखानी, झुले, सुरी र खोपाचाँगु गाविसका बालबालिकामा कडा शिघ्र कुपोषणको समस्या बढी पाईएपछि अनुगमन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जनस्वास्थ्य निरीक्षक कुमार दहालले जानकारी दिनुभयो ।

यसअघि गरिएको अनुगमनको क्रममा भेटिएका कडा शिघ्र कुपोषणका बालबालिकालाई महिला स्वास्थ्य स्वयंसेविकाले आवश्यक उपचार र तयारी खाना दिईरहेकाले त्यसको परिणाम कस्तो आएको छ भनि पुनः अनुगमन सुरु गरिएको दहालले बताउनुभयो । मेलुङ गाविसमा गरिएको अनुगमनको क्रममा यसअघि १० जना बालबालिका कडा शिघ्र कुपोषणका भेटिएकोमा अहिले ५ जनामात्र बाँकी रहेको दाहालले बताउनुभयो । ५ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन्

जिल्ला स्वास्थ्य कार्यालयले यसअघि गरेको अनुगमनमा दोलखा जिल्लामा ३० जना बालबालिकालाई कडा शिघ्र कुपोषण देखिएको थियो भने १ हजार ५ सय ४८ जना गर्भवती तथा सुत्केरी महिलाको जाँच गरिएकोमा ४ सय ४३ जनामा मध्यम तथा शिघ्र कुपोषणको समस्या देखिएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: