बालबालिकाको अधिकारका लागि एसिया प्रसान्त क्षेत्रीय भेला


प्रकाशित मिति :2016-11-07 16:26:31

महिला खबर

unicef2

ललितपुर । बालबालिकाको अधिकारका लागि अ विलियन ब्रेन्सस् स्मार्टर चिल्ड्रन्स , हेल्दियर इकोनोमिक्स भन्ने नारासहित एसिया प्रसान्त क्षेत्रका सरकारी अधिकारीहरू आज मलेसियामा भेला भएका छन् । बालबालिकाको अधिकार प्रवर्द्धनकालागि विभिन्न महत्वपुर्ण विषयमा छलफल गर्न एसिया प्रसान्त क्षेत्रका २८ देशका राष्ट्र प्रमुख तथा उच्च अधिकारी भेलामा उपस्थिति छन् ।

छलफलको उद्देश्य यी विषयमा सहकार्य गर्ने र आफूजस्तै चूनौति भोगेका अन्य देशहरू जसले बालबालिकाको क्षेत्रमा उपलब्धि हासिल गरेका छन् त्यस्ता देशहरूबाट सिकाइ लिने रहेको छ । छलफलमा मुख्यतयास् तीन वटा विषयलाई केन्द्रित गरिने छ( सामाजिक सुरक्षा, बालबालिकाविरुद्धको हिंसा अन्त्य र बालबालिकाको स्वास्थ्य सुरक्षा । सोमबार र मङ्गलवार हुने छलफलमा यिनै मुख्य तीनवटा विषयका साथै प्रमाण तथा तथ्याङ्कका आधारमा भविष्यका लागि सुझाव तथा योजनाहरू बनाइने छ । अहिले यी तीन वटा क्षेत्रमा लगानी गर्दा एसिया प्रसान्त क्षेत्रको भविष्य समृद्ध हुने निष्कर्ष निकालिएको छ।

युनसेफका नायव कार्यकारी निर्देशक ‍‌ओमर अब्दिका अनुसार कम तथा मध्यम आर्जन भएका देशहरूका ४३ प्रतिशत बालबालिका जो पाँचवर्षमुनिका छन् तिनीहरू आफ्नो पुर्ण क्षमता विकास गर्न सकिरहेका छैनन्। युनसेफले हाल १९० वटा देशहमा बालबालिकाको अधिकार र विकासका लागि काम गरिरहेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: