अ‌ंगीकृत नागरिक भन्दा नेपाली आमा राष्ट्रियतामा खतरा ?


प्रकाशित मिति :2016-11-07 15:56:57

१० वर्ष नेपालमा बसेको अंगीकृत नागरिकले राष्ट्रका प्रमुख पद पाउँदा जोखिममा नपर्ने तर एउटी आमाले आफ्ना सन्तानलाई नागरिकता दिँदा राष्ट्रियता खतरामा पर्ने प्रचार भइरहेको छ । झुठको हद हो यो !

दुर्गा कार्की
pic-dआन्दोलनमा रहेको मधेशी मोर्चाको माग पुरा गर्न सरकारले संविधान संशोधनको गृहकार्य गरेको छ । उनीहरूको मुलमाग सिमांकन भएपनि सरकारले नागरकिता सम्बन्धि व्यवस्थामा एक कदम अघि बढेर अंगीकृत नागकिता लिइ १० वर्ष नेपालमा बसोवास गरेका नागरिक नेपालको संवैधानिकलगायत अन्य सर्वोच्च पदमा पुग्न पाउने भनी संविधान संसोधन गर्न लागेको चर्चामा आएको छ ।

यसको सवत्र विरोध भइरहेको छ । प्रधानमन्त्रीलगायत सत्तारुढ दलका नेताले यो कुरा अस्वीकार गरिरहेका छन् । तर, हावा नचली पात हल्लिन्न । त्यसैले ठुला राजनीतिक दलको छलफलविना यो मस्यौदा बनेको भनेर विश्वास गर्ने आधार छैन । प्रतिपक्षी एमालेले यसअघि नै उनीहरूको माग अनुसार संविधान संशोधन भइसकेकाले अब जरुरी छैन भन्दै आएपनि मधेशी दलले उठाएका माग पुरा गर्न संविधान संशोधन गर्नुपर्ने बाध्यतामा सरकार छ । तर यो परिस्थितिमा पनि सरकार नागरिकतामा महिलामाथि भएको विभेदलाई सम्बोधन गर्न अग्रसर देखिएको छैन । यसविरुद्ध सवत्र खबरदारी जरुरी छ ।

१० वर्ष नेपालमा बसेको अंगीकृत नागरिकले राष्ट्रका प्रमुख पद पाउँदा जोखिममा नपर्ने, तर एउटी आमाले आफ्ना सन्तानलाई नागरिकता दिँदा राष्ट्रियता खतरामा पर्ने प्रचार राजनीतिक दलहरू गरिरहेका छन् । आमाका नाममा नागरिकता दिँदा राष्ट्रियता खतरामा पर्ने उनीहरूको अभिव्यक्ति हास्याँस्पद छ, जुन दुईदिनदेखि देशमा चलेको अंगीकृत नागरिकबारेको वहसबाट बुझ्न सकिन्छ । खासमा उनीहरूलाई राष्ट्रियताको भन्दा बढी महिलाले अधिकार पाउँछन कि भन्ने डर हो ।

आफ्नो सन्तानलाई आफ्नो नामबाट नागरिकता दिन पाउनुपर्ने महिलाको माग २०६३ साल अघिदेखिकै हो । नेकपा एमाले निकट अखिल नेपाल महिला संघका तात्कालिन अध्यक्ष हालका राष्ट्रपति विद्या भण्डारीले पुर्नस्थापित प्रतिनिधि सभामा सांसद कमला पन्त र तात्कालिन जनमोर्चाका सांसद नवराज सुवेदीको समर्थनमा २०६३ साल जेठ १६ गते दर्ता गरेको संकल्प प्रस्तावलाई लिन सकिन्छ ।

महिलाको धेरै अघिदेखिको मागलाई त्यो संकल्प प्रस्तावले त्यतिवेला संस्थागत गरेको हो । महिलाले गरेको लामो समयदेखिको माग वेवास्ता गर्नु भनेको महिलाको आवाजको अवमुल्यनमात्रै होइन चरम हेपाहा प्रबृत्ति हो भनेर बिश्लेषण गरे हुन्छ ।

बन्द, हडताल र तोडफोड गरेर जे माग गरेपनि पूरा हुन्छ, तर शालिन र भद्र शैलीको यहाँ कुनै अर्थ छैन भने महिला अधिकारकर्मी र राजनीतिक दलका भगिनी संगठनले सोच्नु पर्छ अब ।

अन्यथा महिलाले संविधान बन्नुअघिदेखि नै ‘आमा वा बाबु’को नाम नागरिकता पाउने व्यवस्था राख्न शान्तिपुर्ण रुपमा गरेका धर्ना र उठाएको आवाजलाई सरकारले यतिसम्म वेवास्ता गर्दा किन अझै उनीहरूसँग अनुनय विनय गर्दै निरिहता देखाउनुपर्ने ?

वास्तवमा यो विषयलाई नागरिक समाजले जसरी चर्काइरहेको छ, यस्तै गरेर दल निकटका भगिनी संगठनहरू तातेको देखिँदैन । अहिले सरकार संविधान संशोधनका लागि छलफलमा जुटिरहँदा आफ्नो यो मागलाई उनीहरूले फेरी पनि जोडतोडका साथ अघि बढाउनु जरुरी छ । यो विषयमा ठुला तीनवटा दलका भगिनी संगठनलाई खासै तातो लागेको देखिएन । उनीहरूले आफूहरू बैठक बसेर छलफल गरेपछिमात्रै अघि बढ्ने जवाफ दिए ।

यो जवाफले पनि उनीहरू आमाको नाममा नागरिकता हुनुपर्छ भन्ने विषयमा पहिला जसरी मौन थिए अहिले पनि त्यही गर्ने र गाल टार्न बाहिर केही गरेजस्तो देखाउने रणनीतिमा छन् । नागरिकताको विषयमा आफ्ना मुल पार्टीको अवधारणा भगिनी संगठनहरूले पनि स्वीकारेको देखिन्छ । जसले गर्दा आमाको नामको नागरिकताको मुद्दालाई सरकारले सजिलै टारिहेको छ ।

जवसम्म दल निकट भगिनी संगठनले यो मुद्दालाई जोडतोडले उठाउँदैनन्, आफ्ना नेतालाई दवाव दिँदैनन्, नागरिक समाजका तर्फबाटमात्र उठिरहको आवाजले वल पाउँदैन र फेरी पनि महिला आफ्नो अधिकार पाउनबाट बन्चित हुनेछन् । त्यसैले लामो समयदेखि आमाको नाममा सन्तानलाई नागरिकता दिलाउने संवैधानिक व्यवस्थाका लागि चलिरहेको आन्दोलनलाई ‘बैठक बसेर निर्णय गर्छौ’ भन्नु भन्दा पनि यो हाम्रो मुद्दामा तपाइहरूले के गरिरहनु भएको छ ? भनेर हुल बाँधेर आफ्ना दलका नेतालाई घेर्न ढिला भएन र ?

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: