न्यायालयमा महिला सहभागिता बढाउने अभियानमा प्रधानन्यायाधीश


उच्च अदालतमा न्यायाधीस नियुक्त गर्दा महिला संख्या बढ्नुपर्छ

प्रकाशित मिति :2016-11-08 11:18:54

महिला खबर

Sushila

काठमाडौं । प्रधान न्यायाधीश सुशीला कार्कीले अब देशभरीका उच्च अदालतमा प्रधानन्यायाधीस नियुक्ति गर्दा सकेसम्म धेरै, योग्य महिला हुनुपर्ने आफ्नो धारणा रहेको बताउनुभएको छ । उच्च अदालतमा न्यायाधीस नियुक्त गर्दा ५० प्रतिशत बारको प्रतिनिधित्व हुनुपर्ने माग गर्दै प्रधानन्यायाधीसलाई सोमवार भेट्न गएका नेपाल बार एसोशिएसनका पदाधिकारीसँग उहाँले यस्तो धारणा राख्नुभएको बारका उपाध्यक्ष उषा मल्ल पाठकले जानकारी दिनुभयो । पाठकले भन्नुभयो ‘प्रधानन्यायाधीस न्याय क्षेत्रमा महिला सहभागिता बढाउनुपर्छ भन्ने कुरामा एकदमै गम्भीर भएको पायौं ।’ प्रतिशत भन्दापनि उच्च अदालतमा ८० जना न्यायाधीस नियुक्त गर्दा योग्य कम्तीमा १५ जना महिला हुनुपर्ने प्रधानन्यायाधीस कार्कीको भनाइ रहेको बारका उपाध्यक्ष पाठकले बताउनुभयो ।

पाठकले कानुन व्यवसायीका तर्फबाट ५० प्रतिशत सहभागिता माग गर्दा यसमा पनि महिलाको प्रतिनिधित्व सकेसम्म धेरै गराउने बताउनुभयो । साथै बरिष्ठ अधिवक्ताको उपाधी दिँदापनि कानुन व्यवसायमा लागेका योग्य महिलालाई प्राथमिकता दिनुपर्ने पाठकको भनाइ थियो । अहिले न्यायाधीस पदमा जम्मा सातजना महिला छन् । यसैगरी नेपाल बार एशोसिएसनका १५ हजार सदस्यमध्ये १५ सयको हाराहारीमा महिला सदस्य रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: