लैंगिक हिंसा न्युनिकरणमा पुरुष भए एकजुट


प्रकाशित मिति :2016-11-08 12:36:17

घरमा श्रीमतीले गर्ने कामको श्रम महिनाको २० हजार रुपैयाँ भन्दा कम छैन ।

पार्वती पाण्डे

कपिलवस्तु जिल्लाको हर्दौना गाबिसमा लैगिंक हिंसा न्युनिकरणका लागि कार्ययोजना निर्माण गर्दै पुरुष सहयात्री समूहका सदस्य ।

कपिलवस्तु जिल्लाको हर्दौना गाबिसमा लैगिंक हिंसा न्युनिकरणका लागि कार्ययोजना निर्माण गर्दै पुरुष सहयात्री समूहका सदस्य ।

कपिलवस्तु । लैंगिक हिंसा अन्त्यका लागि पुरुषको सहकार्यले यसविरुद्धको अभियानमा महिलालाई निकै सहयोग पुगेको छ । रक्सी खाई गाउँमा झैझगडा गर्ने, श्रीमतीलाई कुटपीट गर्ने, नागरिकता नबनाईदिने , छोराछोरीको जन्मदर्ता नगराईदिने पुरुष पनि सुध्रिदै गएका केही उदाहरण वाहिर आएका छन् । महिलालाई गन्दै नगन्ने पुरुषपनि महिलाको सम्मान गर्न थालेका छन् । महिलाले गर्ने काममा पुरुषले सहयोग गर्न थालेका छन् । लैंगिक हिंसा अन्त्यका लागि पुरुष संगको सहकार्य अपरिहार्य भएकाले सौराहा , हर्दौना र सिहोखोर गाविसमा सवै तहका पुरुषलाई समेटेर समूह बनेपछि गाउँमा परिवर्तन आएको हो ।

यी तीन वटै गाविसमा २५ जनाको पुरुष सहयात्री समूह छ । जसमा युवा सञ्जाल, वालक्लव, सहकारी , शिक्षक, स्थानिय राजनैतिक दल, प्रहरीलगायतका प्रतिनिधि सदस्य र गाविस सचिव समितिको संयोजक रहेर काम भैरहेको छ । ती समूहले गाउँमा हुने झैझगडा, लैंगिक हिंसा, महिलाका समस्या लगायतका वयिाष्मा निगरानी गर्ने काम गर्ने गर्छन् । हर्दौना गाविसका पुरुष सहयात्री समूहका राकेश रैदास भन्छन् – ‘अहिले गाउँमा सकारात्मक परिर्वतन आएको छ, कुटपिट, झैझगडा, घरेलु हिंसाका समस्याहरूलाई सवै पुुरुष वसेर छलफल गरेर समाधान गर्ने गरेका छौं , जसले गर्दा गाउँमा शान्ति कायम भएको छ ।’

kapilvastu-photo-3

गाउँमा मिल्न नसकेका ठुला घट्ना भने जिल्लास्तरमा पठाउने र सामान्य खालका मिल्न सक्ने घट्नालाई गाउँमै छलफल गरि मिलाउने गरेको उनले बताए । सिहोखोर पुरुष सहयात्री समूहका रामउजागिर यादवले पनि अहिले गाउँमा शान्ति छाएको वताए । पुरुष समूह गठन भएपछि पुरुषमा सकारात्मक सोचको विकास भएको उनको अनुभव छ । ‘समूहमा वसेपछि म आफैमा पनि परिवर्तन आएको छ , उनले स्पष्ट पारे । ‘घरमा श्रीमतीले गर्ने काम केही पनि होइन जस्तो लाग्थ्यो, अहिले बल्ल वुझें, घरमा श्रीमतीले गर्ने कामको श्रम महिनाको २० हजार भन्दा तल छैन’ उनले थपे । लैंगिक हिंसाविरुद्ध तालिम पाएपछि पुरुषमा परिवर्तन आएको उनले वताए । सौराहका पुरुष सहयात्री समूहका जितेन्द्र मिश्रले पनि समूहमा वसेपछि धेरै जानकारी पाएको प्रतिक्रिया दिए ।

यहाँका पुरुषले महिलालाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ । ‘गाउँमा महिलालाई कसैले हिंसा गरेमा, गाउँमा झैझगडा हुन थालेमा समूहका पुरुषहरू जम्मा भई यसलाई सुल्झाउन अग्रसर हुन्छन्’ उनले भने । हालसम्म गाउँमा विभिन्न प्रकृतिका करिव ९० मुद्दा गाउँस्तरमै मिलाईएको उनीहरूले बताए । पुरुष सहकार्य समूहले लैंगिक हिंसा, वालविवाह रोक्ने , स्थानिय निकायबाट लैंगिक हिंसा न्युनिकरणका लागि वजेट विनियोजनका लागि दवाव दिने जस्ता काम भएका छन् । साथै ती गाविसहरूमा महिला समन्वय समिति समेत गठन गरिएको छ । अव्यवस्थित रुपमा विक्री वितरण हुने रक्सी नियन्त्रण भएको छ । समानता र अधिकारकालागि जिल्लाका यी गाविसमा आएको परिवर्तन सकारात्मक भएको जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत वासुदेव जमर कट्टेलको प्रतिक्रिया छ । गैरसरकारी संघ संस्थाले गरेका क्रियाकलापले समाज परिवर्तन हुँदै गएको गैरसरकारी संस्था महासंघका जयप्रकाश पाण्डेले प्रष्ट्याए ।

कपिलवस्तु जिल्लाको हर्दौना गाबिसमा लैगिंक हिंसा न्युनिकरणका लागि कार्ययोजना निर्माण गर्दै पुरुष सहयात्री समूहका सदस्य ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: