परिवारको सहयोगमा सफल बनेका मधेशी बुहारी


प्रकाशित मिति :2016-11-08 15:31:33

यमुना खनाल

शिब कुमारी महतो र शिब कुमार महतो

शिब कुमारी महतो र शिब कुमार महतो

सिरहा । गाढा गाविसकी शिब कुमारी महतोको परिवार बिहान पाँच बजे उठि सक्छ । उनी सँगसँगै उनका श्रीमान् सासु, ससुरा पनि उठ्छन् र परिवारका सबै सदस्य एउटा एउटा काममा लाग्छन् । त्यसैले उनले घरको काम एक्लै सम्हाल्नु पर्दैन । छोरी श्रीमानले हेरिदिन्छन् ।

शिब कुमारीले घरको सकेर परिवारको खाना बनाउँछिन् , गाईबस्तु सार्ने कुटी पराल ससुराले दिन्छन् भने सासुले जन (खेताला) लाई खाना बनाउने र खेतबारीको काम हेर्ने गर्छिन् । खाना खाएर शिव कुमारी र उनका श्रीमान आ—आफ्नो अफिस जान्छन् ।

शिब कुमारी ‘सुनौलो हजार दिन कार्यक्रम ’ गाढा गाबिसकी प्रशिक्षक हुन् । उनका श्रीमान घर नजिकै रहेको विद्यालयमा पढाउँछन् । सासुससुरा व्यवसायिक किसान हुन् ।

महतो परिवारमा एकले अर्कोलाई काममा सहयोग गर्ने चलन छ । यो काम मेरो र यो काम तेरो भन्ने चलन छैन । जसले गर्दा खेतीपाती पनि चलेको छ । छोरा र बुहारी अफिस जान पनि भ्याउँछन् । घरमा महिला मैत्री बाताबरण पनि छ । टोल छिमेकका बुहारी घुम्टो तानेर घरको काममा नै सिमित रहेका बेला महतो परिवारले नातिनी र घरको काम आफूले हेरेर बुहारीलाई पढ्न क्याम्पस पठायो ।

अनमी पास गरेकी बुहारी घरमा ल्याएपनि महतो परिवारले उच्च शिक्षाका लागि बुहारीलाई पुन लहानमा क्याम्पसमा भर्ना गरिदियो । अहिले उनी काम पनि गर्दै स्नातक तेस्रो वर्षमा अध्ययन गर्दै छिन । उनकी नन्द पनि स्नातक तहमा छन् ।

शिब कुमारीले विवाहपछि यी सबै अवसर पाउनुमा श्रीमान् र सासु ससुराको ठूलो हात छ । ६० वर्षीय उनका ससुरा पनि एसएलसी पास छन् । सासु ससुराले घरको काम हामी सम्हाल्छौं, तिमी पढ्न जाउ भनेकाले आफूले पढ्न पाएको शिब कुमारी बताउँछिन् ।

उनी भन्छिन् ‘मलाई माईतीमा र श्रीमानको घरमा केही फरकै लाग्दैन ।’

यो परिवारमा पारिवारिक समझदारी छ, तर बुहारीले पढेको र स्वतन्त्र भएर हिडेको देखेर केही छरछिमेकीलाई भने खपी नसक्नु भएको थियो । उनका श्रीमान् शिब कुमारलाई भड्काउन केही व्यक्ति नलागेका होईनन् ।

शिब कुमारीले विवाह गरेको एकवर्षपछि परिवारकै स्वीकृतिमा कुर्ता सुरुवाल लाउन थालिन् । परिवारले अफिस र कलेज जानु पर्ने भएकाले साडी लगाउन ढिलो हुन्छ भनेर कुर्ता सुरुवाल लगाउन भन्यो । त्यसपछि कुरा काट्ने मात्र होईन समाजलाई टाउको दुखाई य बन्यो । घरैमा आएर शिब कुमारलाई श्रीमतीलाई त नटुवा बनाईछस् , नटुवा बनाएर कहाँ पठाएको भन्दै ? खिल्ली उडाए, तर महतो परिवारले गाउँलेको कुरामा वास्तै गरेन, आफ्नो काम गरी रहे । अहिले आफ्नै गाउँमा शिब कुमारीले राम्रो काम गर्न थालेपछि पहिला खिल्ली उडाउनेको मुख अहिले बन्द भएको छ ।

उनीहरूको परिवार गाउँकै नमुना परिवार छ । सासु ससुरा, छोरा बुहारी सबैमा समझदारी छ । श्रीमतीले अफिस र क्याम्पस दुबै भ्याउनु पर्ने हुँदा करिब ८ किलोमिटरको दुरीमा रहेको लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा श्रीमतीलाई मोटर साईकलमा पु¥याई दिने र लिन जाने काम श्रीमान शिब कुमार गर्छन् ।

त्यसैगरी शिब कुमारीले सुनौलो हजार दिनको कार्यक्रममा गाविसभरी पुग्नुपर्छ । उनलाई श्रीमानले हिँड्न अप्ठ्यारो हुन्छ भनेर मोटर साईकलमा पुर्‍याई दिन्छन् । श्रीमानको दरिलो साथ, हौसला र प्रेरणाले शिब कुमारीको पढाई, काम, परिवार सबै सहज रुपमा चलेको छ ।

‘मधेशमा विवाह भएपछि परिवारका ठूला सदस्यसँग बोल्न नहुने, घुम्टो तान्नुपर्ने , चलन छ, तर हाम्रो परिवारमा त्यस्तो छैन’ भन्छन् शिब कुमार महतो । आमा बुबाले सहयोग र सुझबुझका कारण यो सबै सम्भव भएको महतो बताउँछन् ।

त्यस्तै सिरहाको फुलकाकट्टी गाबिसकी रिना महतो व्यवसायिक किसान हुन् । उनका एक छोरा र एक छोरी छन् । ११ कक्षा पढ्दै गर्दा रिनाको विवाह भयो । रिनाले विवाहपछि उनले घरपरिवार हेर्दै र खेतीपाती गर्दै स्नातक तह उत्र्तिण गरेकी छन् । छोराछोरी हुर्केपछि शिक्षिका बन्ने उनको सपना छ ।

सासुले पढ्न जाउ घरको काममा म पनि सहयोग गर्छु भनेपछि सजिलै पढाई पुरा गरेको रिनाले बताईन् । अहिले उनी शिक्षा सेवा आयोगको तयारी गरिरहेकी छन् । श्रीमानले शहरमा बसेर छोराछोरी पढाउँदै आफूलाई पनि पढ्न भनेको रिनाले बताइन् । लहान बजारमा बस्दा खेतीपाती हेर्ने कोही नभएकाले गाउँमै बसेको रिना बताउँछिन् ।

आफूले जानेको कुरा गाउँमा भन्यो भने अझैपनि पढेलेखकी, धेरै जान्ने भइस भनेर खिल्ली उडाउँछन् । त्यसैले काम भन्दा बाहिर गाउँमा गलत नै भएको छ भने पनि नबोली बस्नु पर्ने अवस्था रहेको रिनाको अनुभव छ ।

 रिना महतो र राम दयाल महतो

रिना महतो र राम दयाल महतो

उनका श्रीमान् नेवा संस्थामा काम गर्छन् । उनीहरूले १० कठ्ठा खेतमा व्यवसायिक तरकारी खेती गरेका छन् । परिवारमा गरिने सानो सहयोगले महिला पुरुष समान रुपमा अगाडी बढ्न सकिने रिनाका श्रीमान शिब दयाल बताउँछन् । परिवार शिक्षित बनाउन महिला हुनुपर्ने भएकाले विवाहपछि पनि महिलाको शिक्षामा निरन्तरता दिनुपर्ने उनको सुझाव छ ।

पढेलेखेका विवाहित महिलालाई घर बाहिरका काममा लगाउन समाजका महिला, पुरुष, राजनीतिक दल सबैलाई एकै ठाँउमा राखेर छलफल गरिरहेको अधिकारकर्मी गीता शाह बताउँछिन् । समाजका कट्टर पुरुष पनि परिवर्तन हुन थालेको शाहको अनुभव छ ।

शाह भन्छिन् ‘धेरै ग्रामिण महिला शिक्षा, सीप नहँुदा पनि घर बाहिर आउन सकेका छैनन, त्यस्ता महिलालाई सीप र शिक्षाको पहुँच बढाउन स्थानीय निकायले काम गर्नु जरुरी छ । ’

पनि उठ्छन् । उनको डेढ बर्षकी छोरी छन् शिब कुमारीलाई घरको काम भ्याएर अफिस जाने तयारी गर्नु पर्छ । उनी उठे देखी नै ब्यस्त हुन्छिन् । तर उनले घरको काम एक्लै समाल्नु भने पर्दैन । छोरी श्रीमानले हेदिन्छन । घरको काममा उनको परिवारमा । परिवारको खाना शिब कुमारीले बनाउछिन् , गाई बस्तु सार्ने कुटी पराल ससुराले दिनछन् , भने सासुले जन (खेताला) लाई खाना बनाउने र खेतबारीको काम हेर्ने गर्छन् । खाना खाएर शिब कुमारी महतो र उनका श्रीमान आआफ्नो अफिस जान्छन ।

शिब कुमारी महतो गाढा गाबिसको सुनौलो हजार दिन कार्यक्रमको प्रशिक्षक हुन् भने उनका श्रीमान् शिब कुमार महतो शहीद रमेश महतो प्राबिमा शिक्षक छन् । ससुराले पनि एसएलसी पास गरेका छन् । घरमा बुबा शिक्षित भएकाले आमाले पनि शिक्षाको महत्व बुझेकाले परिवारमा समझदारी भएको शिब कुमारको बुझाई छ । कमारीको अनमि गरेर ११ कक्षा पढ्दै गर्दा बिबाह भयो । बिबाह पछि घरमै बसेर उनी अहिले स्नातक दोस्रो बर्षमा अध्यायन गर्दै छन् ।

माईतीमा र श्रीमानको घरमा हुदा उनले खासै फरक नभएको उनले अनुभब सुनाईन् । परिवारमा सबैले काममा सहयोग गर्ने , पढ्ने बाताबरण माईतीमै जस्तो पाएकाले गाह्रो नभएको उनले बताईन् । तर आफ्नो जस्तो सुबिधा सबै महिलाले नपाएको उनले बताईन । उनी भन्छिन् ‘सबै महिलाहरुले यस्तो अबसर पाउदैनन् पढेलेका पनि हुन्छन् , क्षमतावान पनि हुन्छन् , काम गर्ने ईच्छुक पनि हुन्छन तर सासु ससुरा श्रीमानको दबाबमा बस्नु घर भित्रै बस्नु पर्ने बाध्यता छ । ’

शिब कुमारीले बिबाह पछि घरबाट धाएर लहानमा पढिछन् । लहानबाट गाढा करिब छ किलोमिटरको दुरीमा पर्छ । क्याम्पस आउदा शिब कुमारीलाई उनका श्रीमानले मोटरसाईकदमा पुर्याई दिन्थे काम भएको दिन भने शिब कुमारी बसबाट क्याम्पस आउथिन् ।

शिब कुमारी महतो गाढा गाबिसको सुनौलो हजार दिन कार्यक्रम प्रशिक्षक हुन् । उनले नौ वटा वडामा समिति बनाउनु पर्छ तालिम संचालन गर्ने लगायतका काम हुन्छन वाडमा जाँदा शिब कुमारीलाई उनका श्रीमानले मोटरसाईकलमा लिएर जान्छन । जसले गर्दा समयको बचत भएको र काम गर्न समेत सजिलो भएको शिब कुमारीले सुनाईन् । उनले भनिन् ‘सदरमुकाम जानु पर्छ , समितिको खाता खोल्न लहान जानु पर्छ तर श्रीमानले पुर्‍याई दिनु हुन्छ ।’

शिब कुमारका बहिनीहरु पनि एक जना स्नातक तहमा अधयायन रत छन् एक जना १२ कक्षा पढ्दै छिन उनको परिवारमा छोरी र बुहारीलाई एकै दर्जाको ब्यबहार छ ।

काम गर्न थाले पछि शिब कुमारीले कुर्था सुरुवाल लगाएर हिड्न थानिन् । शिब कुमार भन्छन् ‘उनले कुर्था सुरुवाल लाउन थालेपछि गााउका दुई तीन जना ब्यक्तिले घरमै गएर श्रीमतीलाई नट्वा बनाएर कहाँ पठाएकोेको शिब कुमारले सुनाए ।’ तर गाउलेका त्यस्ता कुरा प्रति परिवारले पनि,र आफुले पनि वास्तै नगरेको बताए ।

मधेशमा बिबाह भए पछि परिवारका ठूला सदस्यहरु संग बोल्नु नहुने, घुम्टो तान्नु पर्ने , चलन छ । तर हाम्रो परिवारमा त्यस्तो छैन भन्नु हुन्छ शिब कुमार महतो । आमा बुबाले सहयोग र आमा बुबाको सुझबुझका कारण यो सम्भब भएको महतो । सबैलमिलेर एकले अर्काको काममा सहयोग गर्छौ ।

पढेलेखेका क्षमतावान महिलाहरुले बिबाह पछि पढ्न पाउदैनन् काम गर्ने अनुमति परिवारले दिदैन । यसले महिलालाई मात्र होईन सबभन्दा बढी परिवारलाई अनि समाज र हुने बताए । महिलाले काम गरे घरपरिवारलाई नै सपोर्ट हुने , परिवारमा बालबालिको शिक्षा,राष्ट्रलाई हानी हुने बताउनु हुन्छ । महिलालाई शिक्षा र अबसर प्रदान गर्ने हो भने शिक्षित र उन्नत समाज अनि राष्ट्र बनाउन ठूलो टेवा पुग्ने महतो बताउनु हुन्छ ।

सिरहाको फुलकाकट्टी गाबिस रिना महतो ब्यबसायिक कृषक हुन् । उनका पाँच बर्षको एक छोरा दुई बर्षकी एक छोरी छन् । उनको छोरा छोरी हुर्के पछि शिक्षिका बन्ने सपना छ । ११ कक्षा पढ्दै गर्दा बिबाह गरेकी रिनाले अहिले घरपरिवार र खेतीपाती गर्दै स्नातक तह उत्तिण गरेकी छन् ।

उनको दृढतालाई श्रीमान्ले साथ दिएका छन् उनका श्रीमान् नेवा संस्थामा काम गर्छन् ।उनीहरुले १० कठ्ठा खेतमा ब्यबसायिक तरकारी खेती गरेका छन् । श्रीमान् श्रीमती दुबैले तरकारी खेतीपनि गर्छन् । रिनाले खेती लगाउने गोडमेल गर्ने काम गर्छिन भने उनका श्रीमान राम दयाल महतोले खेत खनजोत गर्ने बिउ बिजन र मलखाद जुटाउने , लगाउने भएको उत्पादनबजार सम्म तरकारी बेच्न लैजाने , काम गर्छन् । परिवार र श्रीमान् दुबैको साथ भएकाले नै पढाई पुरा भएको बताईन्

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: