अमेरिकामा ईतिहास बनाउने अवसर


महिला अबको राष्ट्रपती ?

प्रकाशित मिति :2016-11-08 16:51:17

महिला खबर

us-election

एजेन्सी। अमेरिकी राष्ट्रपतीय निर्वाचनमा करिब २० करोड मतदाता सहभागी हुने भएपनि चार करोडभन्दा बढीले मंगलबारअघि नै ‘अर्ली भोटिङ’ सुविधाअनुसार मतदान गरिसकेका छन् । नेपाली समय अनुसार आज राती हुने अमेरिकी राष्ट्रपतिको निर्वाचन  ४५ अौं राष्ट्रपतीय निर्वाचन हो । तर अमेरिकाको इतिहासमा अहिलेसम्म महिला राष्ट्रपती हुनसकेका छैनन्।

निर्वाचनको  अहिलेसम्मको अवस्थामा उम्मेदवार हिलारी क्लिण्टनले महिला मतदाताकाे  धेरै समर्थन पाउँदै आएकी छन्।  त्यस्ता समस्याहरू जसले महिलाको जिवनलाई अप्ठेरोमा पार्दछ त्यो महिलाकोमात्र समस्या नभएर सिङ्गो परिवारको समस्या हो, आर्थिक समस्या हो र जसले भविष्यमा हुने प्रतिस्पर्धामा समेत असर पार्दछ भन्ने भनाइले   क्लिण्टनले अधिका‌‌श  महिला मतदाताको मन जितेकी छन् । हिलारीले समाज ज्याला, न्यूनतम परिश्रम,  गर्भपतन, पारिवारीक विदा, बच्चाको संरक्षणका लागि आवाज उठाउँदै आइरहेकी छन्। आजको निर्वाचनमा यदि हिलारीले जितिन भने उनी सबैभन्दा शक्तिशाली राष्ट्रको पहिलो महिला राष्ट्रपति हुने छिन्।

 सन् १८४५ मा सुरु भएको प्रचलनअनुसार नोभेम्बर महिनाको पहिलो मंगलबार अमेरिकी राष्ट्रपतिको निर्वाचन हुने गर्दछ । निर्वाचनको दिन आज थप आठ करोडले मतदान गर्ने आशा गरिएको छ । दुई ठूला पार्टीअन्तर्गत डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्वविदेशमन्त्री ६९ वर्षीया हिलारी रोधाम क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेदवार ‘रियलस्टेट बिलिनियर’ ७० वर्षीय डोनाल्ड जोन ट्रम्पबीच राष्ट्रपतिका लागि निकै कडा प्रतिस्पर्धा हुने संकेत विभिन्न मत सर्वेक्षणले देखाएका छन् ।

सीएनएनको सर्वेक्षण अनुसार क्लिन्टनका पक्षमा अहिलेसम्म २६८ इलेक्टोरल मत स्पष्टै देखिएको उल्लेख छ भने २०२ मत ट्रम्पका पक्षमा देखाएको छ । ६८ मतको भने अझै निर्णय भइनसकेको सीएनएनले उल्लेख गरेको छ । राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल मत चाहिन्छ ।

विदेशमन्त्रीको कार्यकालमा क्लिन्टनको इमेल प्रकरणका कारण पारदर्शितामाथि ट्रम्पले क्लिन्टनलाई निसाना बनाउँदै आएका थिए भने महिलामाथिको याैन दुर्व्वहारलगायत मुस्लिम, अल्पसंख्यकमाथिका विवादास्पद टिप्पणी र कर विवरण सार्वजनिक नगरेको गम्भीर आरोप ट्रम्पमाथि लगाईदै आएको छ । आइतबार एफबीआईले क्लिन्टनका पछिल्ला इमेल विवादास्पद नभएको भनेर ‘क्लिन चिट’ दिएपछि क्लिन्टनको अभियानमा सकारात्मक प्रभाव परेको विश्लेषकहरूले अनुमान गरेका छन् ।

दुवै उम्मेदवार निर्वाचनको साँझ न्युयोर्कको टाइम्स स्क्वायरमा देखा पर्नेछन् र विजय हुनेले त्यहाँ विजय भाषण गर्नेछन् र अर्काले पराजय भाषण । ‘क्लिन्टन र ट्रम्पको सम्बोधनका लागि टाइम्स स्क्वायर केही दिनअघिदेखि नै झकिझकाउ पारिएको छ । संसारका सबै प्रमुख सञ्चारगृहले यहाँबाट प्रत्यक्ष प्रसारण गर्न स्टुडियो बनाएका छन् । यसै चम्किलो देखिने टाइम्स स्क्वायर निर्वाचन परिणामपछिको सम्बोधन तयारीसँगै क्लिन्टन र ट्रम्पका ठूल्ठूला तस्बिर र टीभीका खुला स्टुडियोले झनै आकर्षक बनाइएको छ ।

एजेन्सीहरूको सहयोगमा

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: