स्थायी शान्तिका लागि समानता : सभामुख


प्रकाशित मिति :2016-11-09 10:40:07

महिला खबर
सुनसरी। सभामुख ओनसरी घर्ती मगरले स्थायी शान्तिकालागि समानता हुनुपर्नेमा जोड दिनुभएको छ। धरान २० को छोटी मोरङमा निर्माण हुन लागेको ‘थाउजेण्ड बिग बुद्ध’ को शिलान्यास गर्दैै सभामुख घर्तीले द्वन्द्वको मुल जरो असमानता भएकाले समानता हुनुपर्नेमा जोड दिनुभएको हो। सभामुख घर्तीमगरले बुद्ध धर्मको मूल विशेषता पनि समानता नै रहेको स्मरण गराउनुभयो।

उहाँले सँविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षका मागलाई सम्वोधन गर्दै सवै दल एकजुट भएर अघि वढन आवश्यक रहेको वताउनुभयो। सभामुख ओनसरी घर्ती र थाई सरकारका बरिष्ठ धार्मिक सल्लाहकार फ्रा शासना शोभानाले संयुक्त रुपमा धार्मिक एवम बैद्धिक बिधिपूर्वक पूजापाठ गरेर शिलान्यास गर्नुभएको हो।

पर्यटकीय स्थल भेडेटारदेखि तलतिर रहेको छोटी मोरङ्गको १० बिगाहा क्षेत्रफलमा १७५ फिट अग्लो अर्धकद भएको बुद्ध मुर्तिसँगै तल्लो तलामा एक हजार बुद्धको अर्ध कदका मुर्ति रहने वताइएको छ। झण्डै एक अर्ब रुपैयाँको लगानीमा थाउजेण्ड बिग बुद्ध विहार निर्माण गरिने भएको हो। विदेशमा रहेका नेपाली र बौद्ध भिक्षुको सहयोगमा बुद्धको मुर्ति निर्माण हुन लागेको हो।

भेडेटारलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले बुद्धको मुर्ति स्थापना गर्न लागिएको मुर्ति निर्माण सहयोग समितिका संयोजक प्रदिप थापाले बताउनुभयो।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: