वडा नागरिक मन्चका सवै संयोजक महिला


प्रकाशित मिति :2016-11-09 12:02:36

बेलिना थापा

wada-nagarik-pic

लमजुङ । बेसीशहर नगरपालिका अर्न्तगतका १४ वटा वडा नागरिक मञ्चमा महिला संयोजक भएका छन्। नगरपालिका घोषणा भई कार्यान्वयनमा आएपछि सबै वडा नागरिक मन्चमा पुरुष संयोजक तोकिएका थिए। उनीहरूको पदावधि सकिएपछि नयाँ संयोजक तोकिएको हो।

बेसीशहर नगरपालिकाका १८ वटा वडा मध्ये ४ वटा वडाका संयोजकको पदावधि भने वाँकी नै रहेको नगरपालिकाले जनाएको छ। अघिल्लो कार्यकालमा ति सबै वडामा पुरुष नै संयोजक रहेकोमा यस पटक सबै वडा संयोजकमा महिला हुनेछन्। नगरपालिकाका अनुसार नेतृत्वमा सहभागितामुलक अवधारणा अनुरुप महिला–पुरुष आलोपालो गर्नुपर्ने प्रावधान रहेकाले सोही प्रावधान अनुरुप संयोजकहरूको छनौट गरिएको हो।

नगरपालिकाको वडा संयोजकको जिम्मेवारीले आफूलाई समाजको विश्वास जित्ने र सामाजिक क्षेत्रमा गर्न सकिने कामहरू सिक्ने अवसर दिलाउने वडा नं ११ की संयोजक बुना रिमालले बताउनुभयो।  महिलाहरूले पनि समाजलाई डोर्‍याउन सकुन् भन्ने उद्देश्यले महिलालाई अघि बढाएको र आफूले संयोजकको पद पाएपछि निकै उत्साह जागेको १० नम्बरकी संयोजक मिठुदेवी तामाङले बताउनुभयो।

नव वडा संयोजकमा  वडा नम्बर एकमा खिलाकुमारी बुढाथोकी, दुईमा सिता लोहनी, तीनमा विष्णु गुरुङ, चारमा नानीमाया थापा, पाँचमा सरस्वती धिताल, छमा शान्तिमाया बसौला, सातमा मन्दिरा दनाई, आठमा गोमा अधिकारी, नौमा सीता श्रेष्ठ, दशमा मिठुदेवी तामाङ, एघारमा बुना रिमाल, बाह्रमा मायादेवी पौडेल, तेह्रमा रजनी रिमाल र चौधमा विष्णुमाया राउत छनौट भएको बेसीशहर नगरपालिकाले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: