महिला खबर
काठमाडौं । मानव बेचविखनविरुद्ध कार्यरत शक्ति समूहले अर्को अन्र्तराष्ट्रिय पुस्कार प्राप्त गरेको छ । समूहले ‘वीथ एण्ड फर गल्सर्’ नामक ५० हजार अमेरिकी डलरको पुरस्कार जितेको हो । बिश्वभरीबाट २०० भन्दा बढी संस्था र व्यक्तिहरुले यो पुरस्कारका लागि प्रतिस्पर्धा गरेकामा पहिलो चरणमा ४४ संस्था छानिएका थिए । जसमध्ये शक्ति समूहले एशिया प्रसान्तबाट सो पुरस्कार पाएको हो । एशिया प्रसान्तबाट समूहलगायत अन्य २० वटा संस्थाले उक्त पुरस्कार जितेका छन् ।
स्थानियस्तरदेखि अन्तर्राष्ट्रियस्तरमा मानब बेचबिखनविरुद्धको सवाल उठान गर्नका लागि निर्वाह गरेको भूमिकाको कदर गर्दै उक्त पुरस्कार पाएको समूहले जनाएको छ ।
पुरस्कारमा प्राप्त रकम प्रभाबित तथा किशोर किशोरी समूहका सदस्यको क्षमता बिकास ,शिक्षा र बेचबिखन रोकथामको लागि खर्च गरीने शक्ति समूहकी अध्यक्ष बालकुमारी रानाले बताउनु भयो । समूहका कार्यकारी निर्देशक सुनिता दनुवारले यो अवार्डबाट प्राप्त रकमको सदुपयोगले यस पुरस्कारलाई पछि थप पुष्टि गर्ने बताउनुभयो ।
Comment Here!