अमेरिकी राष्ट्रपतिय निर्वाचन नतिजा सार्वजनिकः राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी


रोए क्लिन्टनका समर्थक

प्रकाशित मिति :2016-11-09 14:01:41

महिला खबर

us-elec-result
एजेन्सी। अमेरिकीहरू र अमेरिकी निर्वाचनलाई हेरिरहेका विश्वका धेरै नागरिकले डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको उम्मेदवार बन्छन् भनेर समेत सोचेका पनि थिएनन्, तर धेरैको अनुमानलाई गलत सावित गर्दै डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी भएका छन् । विजयी हुन आवश्यक २७० मा , सिएनएनका अनुसार ट्रम्पले २८८ इलेक्ट्रोरल मत ल्याउँदै हिलारीलाई पछि पारेका छन्। हिलारीले मात्र २१५ इलेक्ट्रोरल मत पाउन सफल भएकी छिन्। अमेरिकाले २२७ वर्षदेखि प्रजातन्त्रको अभ्यास गर्दै आएको छ जहाँ ५१ प्रतिशत महिलाको जनसंख्या रहेको छ, तर अमेरिकाको इतिहासमा भने अहिलेसम्म महिला राष्ट्रपति भएका छैनन् । यस पटकको निर्वाचनमा डेमोक्रेटीक पार्टीका तर्फबाट ६९ वर्षीया हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेदवारमा उठे पछि अब महिलाले राष्ट्रपति बन्नुपर्छ भन्ने धारणा व्यापक उठेका थिए र धेरैले हिलारीनै राष्ट्रपति बन्ने अपेक्षा गरेका थिए। तर अमेरिकाको २२७ वर्षदेखिको पुरुषको विरासत फेरि पनि पुरुषलेनै हाक्ने भएका छन्। हिलारी क्लिण्टनले ५४ प्रतिशत महिला मतदाताको समर्थन पाएकी थिइन् र क्लिण्टनले महिला हक अधिकारका ९गर्भपतन तथा प्रजनन स्वास्थ्य० लागि निकै वकालत गर्दै पनि आएकी थिइन् । क्लिण्टनको हारपछि महिला समर्थकमा एक प्रकारको निराशा छाएको छ।

clintoncrying

सन् १९४६ जुन १४ मा जन्मेका डोनाल्ड जोन ट्रम्प ९७० वर्षीय० एक लेखक, व्यवसायी र टेलिभिजन प्रस्तोता हुन् । उनी ‘द ट्रम्प अर्गनाइजेसन’ का अध्यक्ष पनि हुन् । द ट्रम्प अर्गनाइजेसनले घरजग्गा सम्बन्धि कारोबार गर्ने गर्दछ । न्युयोर्कमै जन्मे हुर्केका ट्रम्पले पेन्सिलभेनिया विश्वविद्यालयबाट अर्थशास्त्रमा सन् १९६८ मा स्नातक गरेका थिए । व्यावसायिक जीवनमा उनले होटेल, क्यासिनो, गल्फ कोर्सलगायत विभिन्न क्षेत्रको निर्माणमा हात हालेका छन् । २०१६ मा फोर्ब्स म्यागजिनले जनाए अनुसार उनी अमेरिकाकै सर्वाधिक धनीको सूचीमा १५६ औं स्थानमा छन् भने संसारमै ३२४ औं स्थानमा छन् । महिला र गर्भपतनका सम्बन्धमा ट्रम्पका निकैनै कडा खाले धारणा रहेका छन्। ट्रम्प भन्छन्( बलात्कार, जबरजस्ती र आमाको जीवनको जोखिमबाहेक अन्य समयमा गर्भपतनलाई पूर्ण प्रतिबन्ध लगाउनुपर्छ । ट्रम्पका अन्य योजानामा सबैभन्दा प्राथमिकतामा परेको विषय हो( गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रमलाई रोक लगाउने। अमेरिकामा १ करोड १० लाख मान्छे गैरकानुनी रुपमा बस्दै आएका छन् । ट्रम्प भन्छन् ‘गैरकानुनीरुपमा छिर्ने कामदारले अमेरिकामा अपराध र गरिबी बढाउने काम गरिरहेका छन्।’

हिलारी क्लिन्टनका समर्थकहरू डोनाल्ड ट्रम्पमाथि विजयी हासिल गर्नेमा निकैनै विश्वस्त थिए, तर हिलारी निरन्तर रुपमा पछि पर्दै गएपछि समर्थकहरू क्याम्पमै रोएका थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: