सीप सिकेर स्वरोजगार बन्दै महिला


प्रकाशित मिति :2016-11-10 12:43:08

पार्वती पाण्डे

  sam_1486
कपिलवस्तु । सहकारीबाट ऋण लिएर व्यवसाय गरी आत्मनिर्भर बन्ने महिलाको संख्या बढीरहेको छ । स्थानीय दर्शा सहकारीबाट ऋण लिएर कपडा सिलाएर वाख्रा रकुखुरा पालन गरी आर्थिक उपार्जनमा लाग्ने महिलाको संख्या बढीरहेको छ ।

दर्शन वचत तथा ऋण सहकारीले आफ्ना महिला सदस्यलाई सीप सिकाइ लगानी गर्ने र आयआर्जनमा लगाइ आत्मनिर्भर बन्न सहयोग गर्दै आएको छ । वाणगंगा जितपुरकी पवित्रा खाँंणले सहकारी मार्फत युवा स्वरोजगार अन्तरगत २ लाख रुपैया ऋण लिएर आफ्नो करिव डेढ लाख रुपैया गरी साढे ३ लाखको लगानीमा कुखुरा व्यवसाय थालिन । अहिले उनलाई यो व्यवसाय फलिफाप भएको छ । अहिले उनले वार्षिक २ लाख रुपैयाँ आम्दानी गर्ने गरेका बताउँछिन् । चल्ला राखेको ४० देखि ४५ दिनमा मासुका लागि बेच्न तयार हुन्छन् । उनले आफ्नै घरमा तयार भएका कुखुराको मासु पनि वेच्ने गर्छिन् । कुखुरा पालन व्यवसायबाट आएको आम्दानीले दुई छोराछोरी वोर्डिङमा पढाउने , घर खर्च चलाउने गरेका उनले बताइन् । सहकारीले सदस्यलाई आयआर्जनमा लगाएर राम्रो गरेको उनको अनुभव छ ।

silai

आफ्नै घरमा सवै परिवारसँगै बसेर आम्दानी गर्न पाउने हुँदा श्रम गर्ने र मेहनत गर्ने युवा विदेश जान नपर्ने उनको धारणा छ । वाणगंगा कै मुना सेनले सहकारी मार्फत ३ महिने सिलाई कटाई तालिम लिइन् । तालिम लिए पछि उनले पसल खोली कपडा सिलाउने व्यवसाय सुरु गरिन् । अहिले उनलाई कपडा सिलाउन भ्याई नभ्याई छ । तालिम लिएर व्यवसाय सुरु गरेको तीन महिनामै मासिक कम्तिमा पनि १५ हजार रुपैयाँ आम्दानी हुने उनी बताउँछिन् । रोजगारी नपाई वसिरहेका वेला तालिम लिएर आफँै व्यवसाय गरी आर्थिक उपार्जन गर्दा निकै सजिलो भएको महशुस उनले गरेकी छन् । मुना भन्छिन् ‘सीपमुलक कामले एकातिर व्यस्त , अर्कोतिर आम्दानी , घर परिवार पनि खुशी ।’ गाउँघरका महिलालाई पनि सीप सिकाएर आयआर्जनमा लगाएमा नेपालमा महिलामाथि हुने हिंसा पनि कम हुने उनको तर्क छ ।

sam_1468

सिद्धीपुरकी कर्ण कुमारी हमालले ७९ हजार रुपैयाँ सहकारीबाट ऋण लिएर चार वटा वाख्रा किनिन् । । उनले वटा खसी ५० हजार रुपैयाँमा वेचेको बताइन् । पाठापाठीबाट पनि रामै्र आम्दानी भइरहेको उनी बताउँछिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: