महिला हराउने क्रम वढ्यो


प्रकाशित मिति :2016-11-10 13:59:56

महिला खबर

सिन्धुपाल्चोक। चालु आर्थिक वर्षको पहिलो महिना सिन्धुपाल्चोकबाट एक महिला र एक वालिका हराए। जिल्ला प्रहरी कार्यालयमा मांखा गाउँकी १७ बर्षिया रविना तामाङ र मेलम्ची नगरपालिकाकी ५७ वर्षीया अनिता मिजारलाई खोजीदिन आफन्तले प्रहरीलाई गुहारेका छन्, तर हालसम्म उनीहरूको अवस्थावारे प्रहरीलाई जानकारी छैन।

भदौ महिनामा स्याउलेकी १६ वर्षीया संगिता लामा वाह्र दिनपछि मृत फेला परिन्। भदौ महिनामै हराएका फुल्पिङकोटकी तुलसा न्यौपाने, जलविरेकी गोपिनी नेपाली र मेलम्चीकी रीता सार्कीको अवस्था अझै अज्ञात नै छ। असोजमा मेलम्चीकै १३ वर्षीया पविना लुईटेल र १४ वर्षीया संगिता पौडेल हराए। भोटसिपाकी पार्वती खड्का, दुवाचौरकी शर्मिला सुवेदी, चौताराकी अनु विक र वतासेकी हीरामाया तामाङ हराईरहेको प्रहरी कार्यालयमा रेकर्ड छ।

कात्तिकको सुरुमै जिल्लाका तीनजना महिला तथा वालवालिका हराएको जानकारी प्रहरीकोमा आएको छ। ठूलोसिरुवारीकी इन्दिरा खाती, जेठलकी माया तामाङ र मेलम्चीकी सम्झना मिजार हराईरहेको सूचना अनुसार प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ। जेठलकी माया तामाङ केही समयपछि श्रीमान्को सम्पर्कमा आएको जानकारी प्रहरीले पाएको छ भने अन्यको अवस्था अज्ञात छ।

चालु आर्थिक वर्षको चार महिनामा १५ जना महिला तथा किशोरी हराएको सूचना आएको प्रहरीले बताएको छ। ‘मानिस हराएको जानकारी प्रहरीकोमा आउँछ, तर सम्पर्कमा आए भने त्यसको खवर प्रहरीलाई हुँदैन’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदार वस्नेतले भने,’हराएको तथ्याङ्क हामीसँग छ, तर फेला परे नपरेको हामीलाई पनि थाहा हुँदैन।’

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: