नयाँ जीवनको प्रतिक्षामा बन्दना


प्रकाशित मिति :2016-11-10 15:02:53

सर्मिला बुढाथोकी

kLl8t aflnsf aGbgf a'jf;Fu

पीडित बालिका बन्दना बुवासँग

दोलखा । दोलखा भिमेश्वर नगरपालिकाका प्रमिला र छत्र मुग्राती आफ्नी जेठी छोरीको स्वास्थ्यका कारण चिन्ताग्रस्त थिए । जन्मेदेखिनै नशा सम्बन्धि रोगले ग्रस्त १२ वर्षीया छोरी बन्दना मुग्रातीलाई डाक्टरले उपचार सम्भव छैन भनेपछि आश मारेर बसेको थिए । छोरीको बढ्दो समस्यालाई टुलुटुलु हेर्नुको विकल्प थिएन उनीहरूसँग । बन्दना ६ वर्षकी हुँदा शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको लागि उनीहरूले लगे । तर चिकित्सकले उपचार सम्भव नहुने भनेपछि चिन्तित हुँदै घर फर्के । बन्दनाका बुवा छत्र मुग्रातीले भने– ‘मैले हिम्मत भने हारेको थिईनँ, त्यसैले चिकित्सकले उपचार सम्भव छैन भन्दा भन्दै पनि छोरीलाई ठिक हुन्छ भन्ने आत्मविश्वासकै कारण चरिकोटमा सञ्चालन भएको स्वास्थ्य शिविरमा जाँच गराए ।’ २०७२ चैतमा स्वदेश फिर्ता आप्रबासी कामदारको साझा संस्था एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एशियन फोरम) को सहयोगमा च्छो–रोल्पा जनरल अस्पताल चरिकोटमा सञ्चालन भएको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा बन्दनाको स्वास्थ्य परिक्षण र सामान्य उपचार भयो । कोरियनहरुको संलग्नतामा सञ्चालित उक्त शिविरकै कारण अहिले छत्रको निराशामा केही आशाको सञ्चार गरिदिएको छ । उक्त शिविरमा कोरियन डाक्टरले बन्दनाको स्वास्थ्य परिक्षण गरेपछि उपचार सम्भव हुने देखेका थिए ।

बन्दनाको घर

बन्दनाको घर

बन्दनाको उपचार सम्भव हुने देखेपछि पीडित परिवारकोे आर्थिक अवस्था बुझ्न स्वास्थ्यकर्मीको एउटा टोली उनको घरमै पुगेका थियो । बन्दनाको परिवारको आर्थिक अवस्था नाजुक देखेपछि उनलाई अहिले एशियन फोरमको पहलमा उपचारका लागि कात्तिक २३ गते कोरिया लगिएकोे एशियन फोरमका कार्यकारी निर्देशक शिद्धिचन्द्र बरालले बताए ।

कोरिया जानुअघि पीडित बालिका बन्दनाले उपचारपछि नयाँ जीवनको प्रतिक्षामा रहेको बताईन । उनले भनिन् – ‘नेपाली तथा कोरियन सहयोगीको मायाले म अहिले उपचारको लागि जाँदै छु, ठिक भएर आएपछि धेरै पढ्छु र गरीव दुःखीको सहयोगमा काम गर्छु ।’

बन्दनाको उपचार सम्भव देख्ने कोरियन डाक्टरको टिम ।

बन्दनाको उपचार सम्भव देख्ने कोरियन डाक्टरको टिम ।

सानो उमेरमा देब्रे हातमा देखा परेको नशा तथा हाडजोर्नीको समस्या भोगीरहेकी बन्दनाको अहिले कोरियाको वि फ्रेण्ड (We friend) को सहयोगमा कोरियाको इन्छन्स्थित म्यङ्जी अस्पतालमा निःशुल्क उपचार सुरु भएको बरालले जानकारी दिए । अहिले अस्पतालका विशेषज्ञ डाक्टरले परिक्षण गरिरहेको र बन्दनाको उपचारमा दुई हप्ता जति लाग्न सक्ने जानकारी पाएको कार्यकारी निर्देशक बरालले बताए । बन्दनाको बुवा छत्रले उपचार सम्भव छैन भनिएकी छोरीलाई निःशुल्क उपचार गराउन पहल गर्ने एशियन फोरमले गरेको पहललाई जति धन्यवाद दिएपनि नपुग्ने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: