बैतडीमा प्रसूति सेवा केन्द्र विस्तार


प्रकाशित मिति :2016-11-10 16:25:54

महिला खबर

बैतडी ।  दशरथचन्द नगरपालिका  थालिगाडामा सुरक्षित प्रसूति सेवा केन्द्र  सुरु भएको छ ।  यो केन्द्र सुरु भएपछि  बैतडीमा सुरक्षित प्रसूति सेवा केन्द्रको सङ्ख्या एक सय २१ पुगेको छ ।

दशरथचन्द नगरपालिका–६, ७ र २ का केही बस्तीलाई लक्षित गरी बुधबारदेखि थालिगाडामा सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको थालिगाडा स्वास्थ्यचौकीका इन्चार्ज नरेन्द्र पन्तले जानकारी दिनुभयो । सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनका लागि कालिका मावि थालिगाडाले भवन उपलब्ध गराएको छ ।

गर्भवती महिलाले स्वास्थ्य संस्थामै गएर सुरक्षित रुपमा बच्चा जन्माउन सकून भन्ने उद्देश्यले सुरक्षित प्रसूति सेवा केन्द्र सञ्चालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो ।

जिल्लालाई आगामी  असार मसान्तभित्र पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्न सुरक्षित प्रसूति सेवा केन्द्रको सङ्ख्या विस्तार गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य संस्था टाढा हुनाले पनि कतिपयले सेवा लिन नसक्ने भएकाले सेवाग्राहीलाई नजिकै सुरक्षित प्रसूति सेवा दिन एक गाविसमा कम्तीमा दुई ठाउँबाट सुरक्षित प्रसूति सेवा दिइएको डा अवस्थीले बताउनुभयो ।

सुरक्षित प्रसूति सेवा केन्द्र उद्घाटन कार्यक्रममा बैतडी क्षेत्र नम्बर २ का सांसद नरबहादुर चन्दले  स्वास्थ्य क्षेत्रको विकासका लागि आफूले पहल गर्ने बताउनुभयो  ।  सांसद चन्दले सुरक्षित प्रसूति सेवा केन्द्रका लागि आवश्यक उपकरण खरिदमा आफूले सहयोग गर्ने बताउनुभएको हो ।

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: