कार्यस्थलमा हुने यौनदुर्व्यवहार सम्बन्धि ऐनका बारेमा जानकारी


प्रकाशित मिति :2016-11-10 17:00:04

विदुर आचार्य
सिन्धुपाल्चोक । सुरक्षित, स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने प्रत्येक नागरिकको अधिकारलाई संरक्षण गर्दै कार्यस्थलमा हुने यौनदुव्र्यवहार निवारण सम्वन्धि कानुनी व्यवस्था वारे जिल्लाका कार्यालय प्रमुखहरूलाई एकसाथ जानकारी गराईएको छ ।

नेपाल कानून आयोगले वुधवार सदरमुकाम चौतारामा कानूनबारे जानकारी प्रदान तथा प्रचारप्रसार गर्न आयोजित कार्यक्रम मार्फत कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहारलाई निवारण गर्ने सम्वन्धमा व्यवस्था गर्न वनेको ऐन वारे पुर्ण जानकारी गराएको हो ।

‘जुनसुकै समाजमा रहेका सरकारी कार्यालय, अर्ध र गैरसरकारी कार्यालय, निकाय, संघसंस्था, व्यवसायिक फर्मलगायतमा कार्यसम्पादनको क्रममा यौनजन्य दुव्र्यवहार हुन सक्छ, ऐनमा भएका व्यवस्थाका बारेमा जानकारी दिँदै आयोगका उपाध्यक्ष भेषराज शर्माले भन्नुभयो, पद वा शक्तिको दुरुपयोग गरी दवाव, प्रभाव र लोभमा पारेर यौनजन्य आशय व्यक्त गर्नु, प्रस्ताव गर्नु, जिस्कयाउनु र अश्लिल शब्द वोल्नु वा प्रदर्शन गर्नु यौनजन्य दुव्र्यवहार हो ।’

कुनैपनि कार्यालय तथा कार्यस्थलमा यौनजन्य हिंसा वा दुव्र्यवहार हुन सक्ने र हतोत्साहित गरी कुनैपनि कर्मचारी तथा सेवाग्राहीलाई कार्यस्थलमा यौन हिंसा भएमा यस्ता हिंसा हुन नदिन वा हिंसा निवारणकोलागि व्यवस्थापकको व्यवस्था गर्नुपर्ने ऐनमा उल्लेख गरिएको जानकारी उहाँले दिनुभयो । ‘व्यवस्थापकले कर्मचारी तथा सेवाग्रहीलाई यौन हिंंसावारे सजग गराउने, हिंसा दोहोरिन नदिन सुधारात्मक उपाय अवलम्वन गर्ने तथा पीडितलाई मनोविमर्श सेवा दिने कार्य गर्नु पर्ने व्यवस्था ऐनमा छ’ शर्माले भन्नुभयो । ‘व्यवस्थापकले पीडितलाई उजुरी गर्ने अवधी, कार्यविधी र उजुरी सुन्ने अधिकारीको सम्वन्धमा स्पष्ट पार्नु पर्ने उहाँको भनाइ थियो । घटनाको पन्ध्र दिनभित्र लिखित वा मौखिक उजुरी दिन सकिने व्यवस्था कानुनमा छ ऐनमा व्यवस्थापक कार्यलय प्रमुख रहने प्रावधान छ । ऐनको प्रावधान अनुसार दुवै पक्ष मञ्जुर भएमा मेलमिलाप, नभए माफी र सचेत पनि नभए पीडितलाई क्षतिपुर्ति वा विभागीय कारवाही समेतको व्यवस्था छ ।

कानून प्रचारको कार्यक्रममा वोल्दै समाजका अध्यक्ष माधव पौडेलले सो ऐन महिला हिंसाकै कसुरमा लिईएको जानकारी दिनुभयो ।
कानून कार्यान्वयन नभई कमी कमजोरी थाहा नहुने जिल्ला न्यायाधिस चिन्तामणी वरालको भनाइ थियो । ऐनले कार्य सम्पादनमा सहज र नतिजामा उल्लेख्य सुधार आउने अपेक्षा न्यायाधिस वरालको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: