कर्मचारीले काम गरेनन्ः शान्तिमन्त्री


प्रकाशित मिति :2016-11-11 17:14:40

महिला खबर

img_20161111_111253-1
ललितपुर । शान्ति तथा पुर्ननिर्माण मन्त्री सीतादेबी यादवले शान्ति प्रक्रिया सुरु भएको १० वर्ष वितिसक्दा पनि यसलाई सार्थक टुंगोमा  पुर्‍ याउन नसकिएको बताउनुभएको छ । ललितपुरमा आयोजित महिला शान्ति र सुरक्षा विषयक अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले द्वन्द्वमा ध्वस्त भएका संरचना पुर्ननिर्माण, द्वन्द्व प्रभावितलाई राहत वितरणजस्ता कार्यक्रम अगाडी बढ्न नसकेको भन्दै उहाँले आफूले सकेसम्म उनीहरुको पीडालाई कम गराउने प्रयास गरिरहेको बताउनुभयो ।

मन्त्रालयका कर्मचारीले द्वन्द्वसँग सम्बन्धित काम सत्य निरुपण र बेपत्ता आयोगले गर्छ हामीले गर्नुपर्दैन भनेर काम नगरेकोमा उहाँले चित्त दुखाउनुभयो । भन्नुभयो ‘ आफ्नो पीडा एकातिर छ, द्वन्द्व प्रभावितको कुराले आफूलाई भावविह्ल बनाउँछ, तर कर्मचारी काम गर्दैनन् ।’ पुरा राहत नपाएका द्वन्द्वपीडितलाई राहतका लागि अर्थ मन्त्रालयले ३२ करोड रुपैयाँ निकाशा गरेको जानकारी दिँदै उहाँले अब पुरा राहत वितरण गरिने बताउनुभयो । द्वन्द्वमा ध्वस्त भएका भौतिक संरचनाहरू प्रहरी कार्यालय, विद्यायलयलगायत पुर्ननिर्माणको काम जम्मा ३३ प्रतिशतमात्र भएको र सवै पुर्ननिर्माण गर्न ३० अर्व रुपैयाँ रकम आवश्यक रहेको जानकारी उहाँले बताउनुभयो । सरकारले यो रकम दिए दुईवर्षभित्रमा काम सकिने उहाँको भनाइ थियो ।

महिला राजनीतिक, सामाजिक र आर्थिक रुपमा धेरै पीडित भएपनि उनीहरूको इच्छाशक्ति कम नभएकाले अघि बढ्न हौंसला मिलेको उहाँले औंल्याउनुभयो । युएन वीमेन, सर्च फर कमन ग्राउण्डलगायतका संघसंस्थाको आयोजनामा भएको कार्यक्रममा बोल्दै युएन वीमेनका आवशिय प्रतिनिधि विनीकुशुमले संयूक्त राष्ट्रसंघ र अमेरिका नेतृत्वमा महिला ल्याउन असफल भइरहेका बेला नेपाल महिला सहभागिताका लागि विश्व मै उदाहरणीय बनेको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: