प्रहरीले रोक्यो एकवर्षमा आठवटा बालविवाह


प्रकाशित मिति :2016-11-13 12:46:57

लिलाराज भट्टराइ

police

प्रहरी प्रमुख पोषराज पोखरेल

सुनसरी । प्रहरीले सुनसरीमा एकवर्षको अवधिमा आठ वटा वालविवाह रोकेको छ । विभिन्न समयमा हुन लागेका ती वालविवाह रोकेको सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो पटक गत असार १३ गते इनरुवामा हुन लागेको वालविवाह प्रहरीले रोकेको थियो । यसैगरि गतवर्ष चैत २२ गते प्रकाशपुर सातमा,फागुन १६ गते छिटाहामा, फागुन ३ गते नरसिंह १ मा हुन लागेको वालविवाहलाई प्रहरीले रोकेको थियो ।

यस्तै पुष २७ गते मधुवन, पुष १४ गते भोक्राहा, मंसिर १६ गते भोक्राहा २ र कातिक ७ गते घुस्कीमा हुन लागेको वालविवाह पनि प्रहरीका कारण हुन पाएन ।

प्रहरीको सकृयताका कारण तुलनात्मक रुपले सुनसरीमा वालविवाहमा कमि आएको प्रहरी उपरिक्षक पोखरेलको दावी छ । वालविवाह रोकेर वालविवाह गर्न लागेका जोडीका साथै उनीहरूका अभिभावकलाई वालविवाह गर्दा हुने वेफाइदा र दण्डसजायका वारेमा परार्मश दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीका प्राय सवै गाविसमा उल्लेख्य मात्रामा वालविवाह हुने गरेको अधिकारकर्मी रविन घिमिरेको भनाई छ । नेपालको नयाँ संविधानले विवाहको उमेर कम्तिमा २० वर्ष कटेको हुनुपर्ने व्यवस्था गरेपछि संविधान विपरित विवाहको संख्या झन वढेको उहाँको भनाई छ ।

वालविवाह नियन्त्रणका लागि प्रहरीले अझ सकृयता वढाउनु पर्ने घिमिरेको सुझाव छ । वालविवाह नियन्त्रणकालागि सरकारले जिल्लामा छुट्टै युनिट वनाएर काम गर्नुपर्ने, विद्यालयस्तरमै सचेतना कार्यक्रम सन्चालन गर्नुपर्ने र वालविवाह गर्नेलाई हुने दण्डको प्रभावकारी कार्यावन्यन हुन सके वालविवाहमा कमि आउने उहाँको सुझाव छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: