किशोर–किशोरीलाई तालिम


प्रकाशित मिति :2016-11-13 13:12:53

महिला खबर
कालिकोट । किशोर–किशोरी र बिद्यालय बाहिर रहेका सिमान्तकृत बालबालिकालाई कसरी बिद्यालय क्षेत्रमा पुर्‍याउन सकिन्छ भनेर ४ दिने युवा च्याम्पियनका लागि किर्डाक नेपालले तालिमको आयोजना गरेको छ ।

तालिममा बिद्यालयमा किशोरीलाई महिनावारीका बेला लगाउने स्यानेटरी प्याडको समस्या, किशोरीमाथि हुने यौन हिंसा र बालविवाह न्यूनिकरणका विषयमा तालिममा जानकारी दिइने छ ।

विद्यालयमा अहिले किशोरीका समस्या धेरै भएको र त्यसको न्यूनिकरणका लागि किशोर किशोरीलाई धेरै जानकारीको आवश्यक रहेकाले तालिमले सहभागीलाई निकै महत्वपूर्ण जानकारी दिने जिल्ला शिक्षा कार्यालय कालिकोटका स्रोत ब्यक्ति रामप्रसाद भुसालले बताउनुभयो ।
विद्यालय बाहिर महिला हिंसा र सबैभन्दा बढी किशोरी माथि हिंसा हुने भएकाले त्यसका न्यूनिकरणका लागि विद्यालयमा पढ्ने विद्यार्थीलाई पहिलो प्राथामिकतामा राख्नुपर्ने किर्डाकका खगेन्द्र बिष्टले बताउनुभयो ।

तालिममा महिनावारी भएका बेला स्वास्थ्य, स्थानीयस्तरमा नै स्यानेटरी प्याड कसरी बनाउने भन्नेबारेमा शिक्षा दिइने किर्डाक कालिकोटका संयोजक तुलाराम पाण्डेले जानकारी दिनुभयो ।

तालिममा २० वटा माध्यामिक विद्यालयका २० जना किशोर किशोरीको सहभागिता रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: