बालिका बलात्कारीविरुद्ध मुद्दा


प्रकाशित मिति :2016-11-13 15:10:14

महिला खबर
काठमाडौं। नागार्जुन नगरपालिका सितापाइला की एक १० वर्षीया बालिकालाई बलात्कार गर्ने पुरुषलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडाैंमा मुद्दा दर्ता गरेको छ। कात्तिक १४ गते तिहारको लक्ष्मी पूजाको दिन सितापाइलाको जनउद्दार माविमा हालिएको पीङ खेलाउँछु भनि फकाएर विद्यालयको कोठाभित्र लगि ती बालिकालाई बलात्कार गर्ने ५० वर्षीय बाबुराजा ठकुरीविरुद्ध महानगरीय प्रहरी बृत्त स्वयम्भुले मुद्दा दर्ता गरेको हो।

‘भोलीपल्ट छोरी विरामी परिन्, के भयो भनेर सोध्दा घटनाका बारेमा भनेपछि प्रहरीलाई उजुरी गर्‍यौं’ पीडितकी आमाले बताइन्। छोरीलाई ज्वरो आयो अनि तर्सिने डराउने गरी, किन डराएको भनेर सोध्दा घटना बारेमा भनेपछि प्रहरीलाई उजुरी दिएको उनले बताइन्। पीडित बालिकाकी आमाले काठमाडौंमा टेम्पो चलाउँछिन् भने बाबु बैदेशिक रोजगारीका लागि बिदेशमा छन्।

उनले भनिन् ‘दुःख गरेर हुर्काएकी छोरीलाई यस्तो पापी काम गर्ने त्यो अपराधीलाई कडा भन्दा कडा कार्वाही होस।’ उनले छोरीको उपचार भइरहेको बताइन्। पीडक ठकुरीलाई अहिले महानगरीय प्रहरी बृत्त स्वयम्भुमा राखिएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: