आश्रय गृहले हिंसा पीडितलाई राहत


प्रकाशित मिति :2016-11-13 16:22:58

पार्वती पाण्डे
कपिलवस्तु । लैंगिक हिंसा न्युनिकरणका लागि विभिन्न कार्यक्रम चलिरहेकै भएपनि हिंसा हुने क्रम बढ्दो छ । महिलामाथि कुनै न कुनै प्रकारका हिंसा पनि भैरहेकै छन् । विगतमा महिला माथि हुने हिंसा दबिएर अर्थात् लुकेर वाहिर आएका थिएनन् । तर अहिले महिला सचेत भएको र संचारमाध्यमबाट सार्वजनिक हुन थालेपछि महिलामाथि हुने हिंसा वढेको जस्तो देखिएको अधिकारकर्मी बताउँछन् । कपिलवस्तुमा महिला तथा वालवालिकाको क्षेत्रमा काम गर्दै आएको साथी नामक संस्थाले १२ सय ५४ हिंसा पीडित महिलालाई न्यायमा सहयोग पुर्‍याउदै आएको जनाएको छ ।

उक्त संस्थाले हिंसा पीडितका लागि आश्रयको व्यवस्था पनि गरेको छ । केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा आड वर्षअघिदेखि संचालनमा आएको आश्रय गृहमा हालसम्म कुल १२ सय ५४ हिंसा पीडित महिलालाई आश्रउ दिई उनीहरूको न्यायका लागि पहल गरेको हो ।

सेल्टरमा अधिकांस घरेलु हिंसा , यौनहिंसा , अलपत्र , वहुविवाह , मानववेचविखनबाट पीडित आउने गरेको सेल्टरका मनोविर्मशकर्ता विमला घिमिरेले जानकारी दिनुभयो । हिंसाको पीडा लिएर आएका महिलालाई परामर्श दिने, न्यायका लागि सरोकारवाला निकायसँग समन्वय गर्ने काम गर्दै आएको उहाँले वताउनुभयो ।

‘सेल्टरमा आश्रयका लागि आउने अधिकांस मधेशी समुदायका महिला, दलित र मुस्लिम रहेका छन्’ उहाँले भन्नुभयो । आश्रयगृहमा सीप पनि सिकाइने र उनीहरूलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने र औषधी उपचारमा पनि सहयोग गरिँदै आएको छ ।

आश्रय गृह प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य उपचारका लागि जिल्ला अस्पताल र मातहतका निकाय, कानुनी सहयोगका लागि जिल्ला कानुनी साहायता समिति , महिला तथा बालबालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र जिबिसलगायतका सरकारी निकाय र अन्य गैरसरकारी संस्थासँग समन्वय गरिएको उहाँले जानकारी दिनुभयो ।
लैगिंक हिंसा पीडितलाई आश्रयगृहले राहत दिएको संस्थाका संयोजक खग प्रसाद चापागाईले दावी गर्नुभयो । हाल सेल्टरमा १० जना हिंसा पीडित महिला रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: