ललितपुरमा एक शिक्षकद्वारा आठजना बालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा


प्रकाशित मिति :2016-11-14 12:56:31

महिला खबर
ललितपुर। लगनखेल नजिकैको प्रयाग पोखरीमा रहेको नेशनल चिल्ड्रेन स्कुलका एक शिक्षक*ले पाँच कक्षा पढ्ने आठ जना बालिकालाई एकवर्षदेखि यौन दुर्व्यवहार गर्दै आएको खुलेको छ।  ललितपुर उपमहानगरपालिका वडा नम्बर छ मा रहेको उक्त स्कुल पढ्ने बालिकाहरूले आफूलाई पढाउने शिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको बताएपछि अभिभावकहरूले ती शिक्षकलाई कडा कार्वाहीको माग गरेका छन्।

शिक्षक दिवाकर श्रेष्ठले पाँच कक्षा पढ्ने ८ जना बालिकालाई एकवर्षदेखि चक्लेट दिएर, मम खुवाएर फकाइ यौन दुर्व्यवहार गर्दै आएको थाहा पाएपछि अहिले पीडित बालिकाका अभिभावकले शिक्षकलाई कार्वाही गर्न स्कुलका प्राधानान्यापक राजेन्द्र श्रेष्ठसँग माग गरेको छन्।
एकजना अभिभावकका अनुसार प्रहरी स्कुलमा आइसकेको र पीडकले आफ्नो कर्म स्वीकार गरिसकेका छन् ।

ती शिक्षकले कहिले कक्षा कोठा मै त कहिले गल्लीमा लगेर मम खुवाइ बालिकाको संवेदनशील अंगमा सुम्सुम्याउने गरेको बालिकाहरूले बताएपछि पीडितका अभिभावक सबै स्कुलमा आइ ती शिक्षकलाई कार्वाही गर्न माग गरेको एकजना अभिभावकले बताउनुभयो। उहाँले भन्नुभयो ‘शनिवार स्कुलको खेलकुद प्रतियोगिता थियो, ती शिक्षकले फेरी यौन दुर्व्यवहार गरेछन्, बालिकाहरू रुँदै घर आएपछि सोध्दा बल्ल घटनाका बारेमा भने।’

आफैले सोध्दा नभनेपछि दिदीहरूलाई उनीहरूले एकवर्षदेखि त्यस्तो व्यवहार गरेको बताएका थिए। उहाँले भन्नुभो ‘छोरी स्कुल जान मान्दैनथी, हामीले फकाएर पठाउने गरेका थियौं, यस्तो कारणले जान नमानेको कुरा हामीले सोच्दै सोचेनौं।’ ती बालिका सवै नौदेखि दश वर्ष उमेर समूहका छन्। पीडित बालिकाका अभिभावकले दुर्व्यवहार गर्ने शिक्षकलाई कडा भन्दा कडा कार्वाही गर्न माग गर्दै प्रहरीलाई निवेदन दिने तयारी गरिरहेको बताए ।

*लेखापाल

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: