श्रीमानले दोस्रो विहे गर्ने चिन्ताले रोग पाल्दै महिला


प्रकाशित मिति :2016-11-14 16:24:59

पार्वती पाण्डे 

कपिलवस्तु। श्रीमान श्रीमती एक रथको दुई पांग्रा हुन्। एउटा पांग्रा नचलेसम्म रथ गुडाउन सकिँदैन। दुःख सुख बाँड्ने, एक अर्काको पीडा बाँड्ने सम्बन्ध हो यो, तर सम्बन्ध यति महत्वपुर्ण भएपनि धेरै महिलाले आफ्नो पीडा आफ्नै श्रीमानलाई भन्न सकिरहेका छैनन्।
कपिलवस्तुकी मैना चौधरी (नाम परिवर्तन) का दुई छोराछोरी छन्। दुई सन्तान जन्माएपछि उनलाई पाठेघरको समस्या भयो। सुत्केरी हुँदा आराम गर्न र पोषिलो खुराक नपाउँदा उनलाई समस्या देखा पर्‍यो।

पाठेघरको समस्या भएपछि हिँडडुल गर्दा , महिनावारी हुँदा उनलाई दुखाई अन्य समयमा भन्दा धेरै हुन्छ। तर आफ्नो यो समस्या उनले श्रीमानलाई भन्न सकेकी छैनन्। ‘कसरी भनुँ दोधारमा छु’ उनले भनिन् । श्रीमानलाई भनें भने अर्को विहे गर्नुहुन्छ कि ? उनलाई आफ्नो स्वास्थ्यको भन्दा ठूलो चिन्ता र डर त्यतातिर छ । त्यही डरका कारण आफ्नो विमारी लुकाएर बस्न उनी विवश छन्।

कपिलवस्तुको हथौसाकी जुनिला शर्मा (नाम परिवर्तन) का तीन छोरा छोरी छन् । पहिलो छोरी जन्माएको ६ महिनामै उनलाई पाठेघरको समस्या देखा पर्‍यो। जुन समस्या उनले आफ्नै श्रीमानलाई समेत भनिनन्। उपचार गर्न त परै जाओस, पीडैपीडामा थप दुई सन्तान जन्मे । उनलाई पनि श्रीमानलाई आफ्नो समस्याका बारेमा भन्न हम्मे भयो । वताउनु नसक्नुको कारण उनलाई पनि मैनाको जस्तै डर हो। रोगबारे वताउँदा श्रीमानले दोस्रो विवाह गर्ने पो हो कि भन्ने डर छ , जुनिलालाई पनि। एकातिर आफ्नै श्रीमानलाई महिलाहरूले समस्याका बारेमा वताउँदैनन् भने अर्को तर्फ उपचार गर्न पनि लाज र डर मान्छन्।

पटनाकी सुनिला चौधरी (नाम परिवर्तन) लाई पनि पाठेघर खस्ने समस्या छ। उमेरले ४५ वर्षकी उनी १५ वर्षदेखि यो समस्या लुकाएरै बसेकी छन् । उनले न उपचार गरेकी छन्, नत श्रीमानलाई भनेकी छन् । समस्याका बारेमा भन्दा झनै समस्या पर्छ कि भनेर उनले आफ्नो श्रीमानलाई यो समस्या नभनेको बताइन्। आफ्नो समस्याका बारेमा भन्दा एकातिर श्रीमानले अर्को श्रीमती ल्याउने डर महिलालाई छ भने अर्को तर्फ उपचार गर्न जाँदा समाजले के भन्छ भनी डर , लाज मान्ने प्रचलन पनि झन धेरै देखिन्छ।

कपिलवस्तुमा जिल्ल्ाा स्वास्थ्य कार्यालयले गरेको एक सर्वेक्षण अनुसार जिल्लाको वलरमवापुर , वुड्ढी , गणेशपुरमा १ सय ७४ जना महिलामा पाठेघरको समस्या छ। उक्त सर्वेक्षण अनुसार ५२ जनालाई सेतोपानी बग्ने, ५७ जनालाई पाठेघर खस्ने समस्या देखिएको छ। यी मध्ये ८ जनालाई लुम्विनी अन्चल अस्पतालमा उपचारका लागि रिफर गरिएको छ।

५७ जनालाई पाठेघर खसेका कारण रिंग पेसरी लगाईएको कार्यालयका ललिसरा थापाले जानकारी दिइन्। अझै पनि महिलाहरू आफ्नो स्वास्थ्यको जाच गराउँन अप्ठ्यारो मान्ने गरेको उनी वताउँछिन्। जिल्लाको अन्य गाविसमा पनि महिलामा पाठेघरको समस्या रहेपनि कति महिलामा पाठेघरको समस्या छ भन्ने वारे तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुमा छैन।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: