पोषणमा सुधार ल्याउन सुनौलो हजार दिन सञ्चार अभियान


पाँचवर्ष मुनिका ३७ प्रतिशत बालबालिका दीर्घकालीन कुपोषणबाट पिडीत

प्रकाशित मिति :2016-11-15 11:45:31

पार्वती पाण्डे

k
कपिलवस्तु । महिला तथा बालबालिकाको पोषणको स्थितिमा सुधार ल्याउन कपिलवस्तुमा सुनौलो हजार दिन सञ्चार अभियान संचालन भएको छ । पोषणको स्थितिमा सुधार ल्याउन स्वास्थ्य क्षेत्रमात्र नभई शिक्षा, कृषि, पशु, खानेपानी तथा सरसफाई, स्थानिय विकास र महिला तथा वालवालिका कार्यालय जस्ता निकायहरूको पनि महत्वपूर्ण भूमिका हुने हुँदा सवैको लगानी एवं सहभागितामा अभियान सन्चालन गरिएको हो । सोही अनुरुप राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयले युरोपेली युनियन र युनिसेफसँगको सहकार्यमा सुनौलो हजार दिन सञ्चार अभियानको सुरुवात गर्न लागेको जानकारी दिइएको छ ।

जिल्लामा महिला र बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन जिल्ला पोषण तथा खाद्य सुरक्षा समन्वय समिति मार्फत सुनौलो हजार दिन संचार अभियानको शुरुवात गरिएको छ । राष्ट्रिय सञ्चार अभियान नेपालका २८ जिल्लामा चरणबद्ध रुपमा कार्यान्वयन गरिने सूचना संचार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक कुञ्ज जोशीले जानकारी दिनुभयो । जिल्लामा २५ वटा गाविसमा सुनौला हजार दिन भित्रका परिवारको व्यवहार सघन रुपमा अनुगमन गरिने उहाँले बताउनुभयो ।

कुपोषण नेपालको प्रमुख समस्या भएको वताउँदै पाँचवर्ष मुनिका ३७ प्रतिशत बालबालिका दीर्घकालीन कुपोषणबाट पिडीत रहेको जानकारी उहाँले दिनुभयो । जसको असर गम्भीर, अपरिवर्तनीय र दीर्घकालीन हुने गर्दछ । कपिलवस्तुमा कुपोषणको समस्या मुख्य जन स्वास्थ्यको रुपमा रहेको जोशीका भनाइ थियो ।

पोषणस्थितिमा सुधार ल्याउन स्वास्थ्य क्षेत्रको मात्र नभइ शिक्षा, कृषि, पशु, खानेपानी तथा सरसफाई, स्थानिय विकास र महिला तथा बालबालिका जस्ता निकायको पनि अहम भूमिका रहने हुँदा यस क्षेत्रमा सबैको लगानी एवम सहभागिताको आवश्यक रहेको बताइएको छ । साथै यस तथ्यलाई ध्यानमा राख्दै राष्ट्रिय योजना आयोग, बहुपक्षिय पोषण योजना अनुसार जिल्लामा सञ्चार अभियान थालिएको हो । सञ्चार अभियानको सफल कार्यान्वयनका लागि जिल्ला, गाविस, तथा समुदायस्थरिय सघसंस्था तथा सञ्जालको क्षमता अभिवृद्धि गरी परिचालन गरिने बताइएको छ ।

महिला गर्भवती भएदेखि बच्चा २ वर्ष हुँदासम्मको अवधिलाई सुनौलो हजार दिन भनिन्छ । यस अभियानमा महिला गर्भवती भएदेखि सुत्केरी हुँदासम्म ध्यान दिनुपर्ने कुरा, बच्चा जन्मेदेखि ६ महिनासम्मको अवधिमा गनुपर्ने कार्य, बच्चा ६ महिना पुगेदेखि १२ महिनासम्मको अवधिमा गर्नुपर्ने कार्य र बच्चा १३ देखि २४ महिनासम्मको अवधिमा गर्नुपर्ने कार्यलाई मुख्यतया प्राथमिकतामा राखिएको छ । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका पोषण कार्यक्रमका फोकल पर्सन विष्णु पौडेलले जिल्लामा ३ वर्षदेखि नै कार्यालयले वहुपोषणका लागि काम गरिरहेको जानकारी दिनुभयो

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: