चरिकोटमै उत्कृष्ट प्रसूति सेवा


प्रकाशित मिति :2016-11-15 12:30:03

सर्मिला बुढाथोकी

15049649_10209117095899265_1173148575_n
दोलखा । भिमेश्वर नगरपालिकाकी दुर्गा न्यौपाने सुत्केरी हुन डाक्टरले दिएको समय अव १ महिनामात्र बाँकी छ । समय नजिकिदै गर्दा दोलखा सरदमुकाम चरिकोट स्थित प्रस्तावित चरिकोट अस्पतालमा निःशुल्क प्रसुति सेवा तथा शल्यक्रियाद्वारा बच्चा निकाल्ने सुविधा भएकोले आफुलाई खासै चिन्ता नभएको दुर्गाको भनाई छ ।

दुर्गा भन्छिन्— ‘नियमित चार पटक गर्नुपर्ने गर्भ जाँच गरिसकें, आफैै जन्माउन सके ठिकै छ, शल्यक्रिया नै गर्नुपर्ने भएपनि अब काठमाडौं जानुपर्ने बाध्यता छैन त्यसैले ढुक्क छु ।’ जिल्लाका बिभिन्न स्वास्थ्य संस्थामा सामान्य प्रसूति सेवा उपलब्ध हुँदै आएपनि शल्यक्रियाबाट बच्चा निकाल्ने सेवा भने जिल्ला अस्पताल जिरीमामात्र उपलब्ध थियो, तर अहिले दोलखाको प्रस्तावित चरिकोट अस्पतालले समेत निःशुल्क रुपमा सामान्य प्रसूति तथा शल्यक्रियाबाट बच्चा निकाल्ने सेवा उपलब्ध गराएपछि स्थानीय महिला खुशी भएका छन् ।

०७२ पुसदेखि सञ्चालनमा आएको प्रस्तावित चरिकोट अस्पतालमा असोज महिनासम्म ७ सय ५८ जनाले सुत्केरी सेवा लिईसकेको अस्पतालले जनाएको छ ।

यी मध्ये दश प्रतिशतको भने शल्यक्रियाबाट बच्चा निकालिएको मेडिकल डाईरेक्टर डा विनोद दंगालले जानकारी दिनुभयो । सकेसम्म सामान्य सुत्केरी गराएको र जटिल समस्या आइपरेमात्र शल्यक्रिया गराउने गरेको डाक्टर दंगालको भनाई छ । सेवा लिन अस्पताल पुग्ने सामान्यतया १५ प्रतिशत गर्भवती महिलाको शल्यक्रियाबाट बच्चा निकालिने भएपनि चरिकोट प्रस्तावित अस्पतालमा सेवा लिन आउने गर्भवती महिला मध्ये सरदर १० प्रतिशत महिलाकोमात्र शल्यक्रिबाट बच्चा निकाल्ने गरिएका डा दंगालको भनाइ छ ।

प्रस्तावित चरिकोट अस्पताललाई विशेषगरी ग्रामीण क्षेत्रका विपन्न मानिसले प्रसूति सेवा लिन सक्ने उत्कृष्ठ अस्पताल बनाउन लागिएकाले अस्पतालले सुत्केरी गराउनका लागि ११ जना दक्ष प्रसूतिकर्मी (एसबिए) तालिम प्राप्त स्वास्थ्यकर्मी राखेको अस्पतालले जनाएको छ । अस्पतालमा आउने गर्भवती महिला मध्ये अधिकांशको उपचार चरिकोटमै हुने र केहीलाईमात्र काठमाडौँ रिफर गर्नुपर्ने डा दंगालले बताउनुभयो । पेटमै बच्चा मरेको र धेरै रगतको समस्या पर्ने तथा आईसियुमा राख्नुपर्ने थोरै विरामीलाईमात्र काठमाडौँ रिफर गर्ने गरिएको डा दंगालको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: