अस्पतालमा लैङ्गिक सहायता कक्ष


प्रकाशित मिति :2016-11-15 13:00:20

महिला खबर

kiran
भक्तपुर । सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा पहिलो पटक लैङ्गिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ ।

सहायता कक्षको मगलवार महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण वज्राचार्यले उद्घाटन गर्दै अझै पनि ८० प्रतिशत लैङ्गिक हिंसाका घटना बाहिर नआउने र आएका २० प्रतिशत घटनामा पनि दबाबका कारण कमै मात्र पीडकमाथि कारबाही हुने गरेकाले यस्ता कक्षले लैङ्गिक हिंसा न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । लैङ्गिक हिंसाका कारण समयमै मनोपरामर्श दिन नपाउँदा आत्महत्याका घटना बढेकामा चिन्ता व्यक्त गर्दै उहाँले हिंसामा परेका महिलाका लागि यो कक्ष कोसेढुङ्गा साबित हुने बताउनुभयो ।

वज्राचार्यकै पहलमा स्थापित कक्षमा दुई प्रहरीले २४ घन्टै सेवा दिने, लैङ्गिक हिंसामा परेकालाई अस्पतालले उपचार गर्ने र सामुदायिक सेवा केन्द्रले मनोपरामर्श दिने गरी सेवा सञ्चालनमा ल्याइएको अस्पतालका निर्देशक रञ्जित मारिकुले बताउनुभयो ।

कार्यक्रममा महिला विकास कार्यालयका प्रमुख नीलाकुमारी घिमिरेले लैङ्गिक हिंसाबाट धेरै बालिका तथा किशोरी प्रभावित भएकाले यस कक्षको स्थापनाले उनीहरुलाई कानुनी उपचारसम्म पुग्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: