मेहेनत गरे आफ्नै देशमा धेरै कमाई


प्रकाशित मिति :2016-11-15 15:55:41

सर्मिला बुढाथोकी
दोलखा । नौजना दाजुभाइ दिदीवहिनी र बाबुआमा गरी ११ परिवारमा हुँर्कदै गर्दा खोटाङकी सर्मिला राईले पढाईको महत्व बुझेरै पनि पढ्ने सपना पुरा गर्न सकिनन् । कमजोर आर्थिक अवस्थाकै कारण साथीको लहलहैमा लागेर १६ वर्षको उमेरमै विदेशिएकी सर्मिलाले झण्डै आठ वर्ष घरेलु कामदारका रुपमा विदेशमा काम गरिन् ।

20161111_140533

आठ वर्षको अवधिमा साउदी, ओमन र इराकमा बसेर काम गरेकी सर्मिला अहिले भने नेपालमै आम्दानीको सम्भावना देखेर मख्ख छिन् । सर्मिला भन्छिन्– विदेशमा बगाउने पसिना नेपालमै बगाउन सके पैसाले खाँचो हुँदैन रहेछ । वैदेशिक रोजगारकै शिलशिलामा टेलीफोनमा भेट भएका दोलखाको सुरी गाविसका उद्धव गुरुङ्गसँग वैैवाहिक बन्धनमा बाधिएकी थिईन् । उनको श्रीमान भने अहिले पनि दुवईमा नै कार्यरत छन् ।

केही समयअघि दोलखामा पौरखी नेपाल नामक संस्थाको कुखुरा पालन तथा व्यवस्थापन सम्बन्धि पाँचदिने तालिममा सहभागी भै संस्थाले दिएको आठ ओटा दाना तथा पानी हाल्ने भाँडा लिएर कुखुरा पालन व्यवसाय सुरु गरेकी सर्मिलाले अहिले विदेशमा भन्दा बढी आम्दानी गर्छिन् । ‘विदेशमा हुँदा मासिक १० हजार देखि २५ हजार नेपाली रुपैयाँसम्म कमाई हुन्थ्यो’ सर्मिलाले भनिन् । अहिले विदेशमा रहेका श्रीमान्को र आफ्नो कमाई झण्डै बराबरी भएको उनी बताउँछिन् । कुखुरा पालन, करेसाबारीमा लगाएको तरकारी र खसी बेच्दा मासिक ३० देखि ३५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको सर्मिलाको भनाई छ । ‘विदेशको लाखौं कमाई भन्दा आफ्नो परिवारसँग बसेर कमाएको थोरै पैसाबाट आत्मसन्तुष्टि मिल्ने रहेछ’ सर्मिला भन्छिन् । विदेशमा बसेर कमाएको पैसाले उनले केही जग्गा जोडिन् । अहिले त्यसैलाई सदुपयोग गरेर कृषि पेशासँगै कुखुरा पालन व्यवसाय गरेको उनले बताइन् । ‘विदेशमा गर्ने मेहेनत आफ्नै देशमा बसेर गर्ने हो भने परिवारको हेरचाह गर्दै विदेशमा भन्दा बढी कमाई हुन सक्दो रहेछ’ उनी भन्छिन् ।

सर्मिलाले अहिले २ सय कुखुरा पालेकी छन् । ६/७ वटा बाख्रा पनि छन् । दुई जना भाइलाईसँगै राखेर पढाई रहेकी सर्मिला जति मेहेनती छन् त्यतिनै जिम्मेवार पनि । ‘हरेक मानिस बिभिन्न बाध्यताले मजदुरीको लागि विदेश गएका छन् त्यसैले सरकारले नै हरेकलाई व्यावसायिक बनाउन अग्रसर हुनुपर्छ’ – सर्मिलाले भनिन् । हरेक महिलाले विदेशमा दुःख गर्ने सोचाई बनाउनु भन्दा स्वदेशमै सम्भव भएको व्यवसाय गरे आम्दानी पनि हुन्छ र घर परिवारको देखरेख पनि गर्न सकिने उनको सुझाव छ ।
कुखुराको हेरचाह गर्दै सर्मिला, सर्मिलाको कुखुरा फार्म

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: