न्यायालयमा सवैको पहुँच पुर्याउन सके दण्डहीनता अन्त्य हुन्छः प्रधानन्यायाधीश
महिला खबर
सुनसरी । प्रधानन्यायाधिश शुशीला कार्कीले सम्पतिको आडमा गरिने हिँसा र अपराध कसैलाई पनि स्वीकार्य नहुने वताउनुभएको छ। प्रधान न्यायाधिश कार्कीले सर्वोच्च अदालको आयोजना र जिल्ला अदालत झापाको संयोजनमा झापाको चन्द्रगढीमा आयोजित महिलाको न्यायमा पहुँच र सरोकारवाला विचको क्षेत्रीय छलफल कार्यक्रममा बाेल्दै सम्पतिको आडमा हुने हिँसाको अन्त्यकालागि सवै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो। उहाँले वर्गीय भेदभावको अन्त्य गर्दै सवै वर्ग र तहका मानिसले समान तवरले न्याय पाउनु पर्छ भन्नुभयो।
प्रधानन्यायाधीश कार्कीले न्यायालयमा सर्वसाधारण जनताको पहुँच पुर्याउन सके दण्डहीनताको अन्त्य हुने बताउनुभयो । उहाँले न्यायालयमा पहुँच नभएका समुदाय र वर्गलाई पहुँच पुर्याउन सबैले आआफ्नो तहबाट प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । “न्यायाधीशहरूले कुर्सीमा बस्ने र कागज मात्र केलाउने सोचलाई बदल्नुपर्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा प्रधानन्यायाधिश कार्कीले समाजमा न्यायको पहुँच सवैको लागि समान रहेको प्रष्ट पार्नुभयो । उहाँले न्यायमा जनताको पहुँच वढाउन अदालतले जनतासामु पुगेर चेतनामूलक कार्यक्रमहरू गरिरहेको जानकारी दिनुभयो ।
सो अवसरमा सर्वोच्च अदालतका सहरजिस्ट्रार ममता खनाल, जिल्ला अदालत झापाका न्यायाधीश सुदर्शन पाण्डे र महिला विकास अधिकृत इन्दिरा ओझाले ‘महिलाको न्यायमा पहुँच र यस सम्बन्धी व्यवस्था’का बारेमा आआफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा झापा, सुनसरी, मोरङ, धनकुटा र इलामका न्यायाधीश, जिल्ला न्यायाधिवक्ता, महिला विकास अधिकृत, कानुन व्यवसायी र महिला अधिकारकर्मीलगायत करिब १०० जना सहभागी छन् ।
Comment Here!