बनेनन् महिलामैत्री आवास


प्रकाशित मिति :2016-11-16 12:26:32

विदुर आचार्य

?

सिन्धुपाल्चोक । मांखाकी सावित्री तिमल्सिनाले २०४७ सालमा भन्दा तुलनात्मक रुपमा दोब्वर खर्च गरेर नयाँ घर त वनाईन्, तर पुरानै शैलीमा । उनको नयाँ एककोठे घरको पर्खाल भूकम्प प्रतिरोधात्मक छ, तर बाख्रा वाँध्ने खोरदेखि खाना पकाउने, सुत्ने र भण्डारण समेत उनले त्यही एक कोठे घरमा गर्नुपर्ने अवस्था छ । घर नयाँ वनाएपनि उनको खाना पकाउने चुलो पहिलेको जस्तै छ । घर सँगै वनाईएको शौचालय लगभग ३०० मिटरको दुरीमा छ भने खानेपानीको धारा शौचालय भन्दा धेरै टाढा छ ।

सावित्री जस्तै तारा तिमल्सिनाले पनि एक वर्ष पहिल्यै भूकम्प प्रतिरोधी आवास वनाईसकेकी छिन् । उनको घर भूकम्प प्रतिरोधी भएपनि महिला मैत्री वन्न सकेन । आधा दर्जन वढी परिवार सदस्य रहेको उनको परिवारका लागि छुट्टै कोठा छैन । निर्वाहमुखि कृषि पेशा अपनाएका उनको पनि बाख्राको खोर खाना पकाउने भन्दा केही नजिक देखिन्छ । दाउरा वालेरै खाना पकाउने हुँदा धुवाँ त भै नै हाल्छ ।

जिल्लामा भूकम्पले ध्वस्त भएका घर पुन: नर्माण गर्ने क्रमको सुरुवात भएको छ । सरकारले आवास अनुदान रकमको पहिलो किस्ता जनतालाई वितरण गरेपछि पीडितहरू आवास निर्माणमा थप हौंसिएका छन् । तर पुरानै आवास संरचनाको मोह त्याग्न नसक्दा अव निर्माण हुने अधिकांश आवास महिलाअनुकूल नहुने निश्चित प्राय छ । ‘घडेरी हेर्न आए, घर वन्दै गर्दा मापदण्डको नियमन गर्न आए, तर महिला मैत्री आवास वारे कसैले केही भनेनन्’ सावित्रीले आफूलाई महिलामैत्री आवास वारे जानकारी नभएको वताईन् ।

नेपाल सरकारले पुन निर्माण लक्षित सुरक्षित आवास निर्माणका लागि मापदण्ड तय गरेको छ । पुन निर्माणको सुरुवातमा कुनै जानकारी तथा महिलामैत्री आवास निर्माण मापदण्डमै समावेश विना संभव नरहेको डकर्मी प्रशिक्षक गंगा तामाङको वुझाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: