महिला लक्षित बजेटबाट तालिम केन्द्र संचालन


प्रकाशित मिति :2016-11-16 14:24:27

यमुना खनाल

20

सिरहाका धेरै गाविस र नगरपालिकामा समेत लक्षित समूहको ३५ प्रतिशत बजेट विकास निर्माणमा खर्च भईरहेको अवस्थामा जिल्लाको दक्षिणी गाविस नराह बर्छवामा भने महिला लक्षित बजेटको राम्रो सदुपयोग भएको छ ।

त्यहाँका राजनीतिक दल, अगुवा नागरिक, गाविस कर्मचारी र स्थानीय अगुवा महिलाको संयुक्त छलफलबाट महिला लक्षित बजेटबाट प्रत्येक वर्ष निरन्तर चल्ने तालिम केन्द्र संचालन गरेको छ ।

आर्थिक वर्ष २०७१/०७२ को करिब एक लाख ६० हजार रुपैयाँबाट १२ वटा लुगा सिउने मेसिन किनेको बर्छवा गाविसले आर्थिक वर्ष २०७२/०७३ को बजेटबाट तीन महिने तालिम चार चरणमा वर्ष भरी नै संचालन गर्ने गाविस सचिब गनेशी महराले जानकारी दिए ।

अब बर्छवा गाविसका ११० जना महिला प्रत्येक वर्ष निःशुल्क सीप विकास तालिममा सहभागी हुन पाउने भएका छन् ।

गत साउनदेखि शुरु भएको तालिममा गाविसका नौ वटा वडाका ३२ जना महिलाले पहिलो चरणको तालिम पुरा गरेका छन् । दोस्रो चरणमा पुन ३२ जना महिलाको तालिम जारी रहेको छ ।

गाविसको वडा नम्बर आठ र नौका नागरिक वडा मन्चका अध्यक्ष चन्द्रिका ठाकुर र त्रिपुरा झाले गाविसको योजना तर्जुमा र बजेट कार्यान्वयनमा महिलाको शसक्त सहभागिता रहेको बताए ।

नेकपा एमाले गाउँ कमिटिका अध्यक्ष कृपाल यादबले भने , ‘अन्य गाविसमा असार मसान्तमा एक, दुई हप्ताको तालिम दिएर लक्षित समूहको बजेट खर्च गर्ने परीपाटी छ , तर हाम्रो गाविसमा महिला लक्षित बजेटबाट अब बर्षैभरी महिलाको माग अनुसारका विभिन्न सीप विकास तालिम संचालन केन्द्र नै शुरु गर्‍यौ ।’

राजनीतिक दलका नेता समेत गाविसलाई नमुना बनाउने भन्दै सबै जाती समुदाय र लिङ्गको विकासमा समान सहभागिता गराउनुपर्नेमा एक मत छन् । नेपाली कांग्रेसका स्थानीय नेता खुशीलाल यादबले यो गाबिसमा लक्षित समूहको बजेट दुरुपयोग गर्न नदिने बताए ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: