मुक्त कमैया वसन्ती चौधरीले जितिन् एन पिस अवार्ड


प्रकाशित मिति :2016-11-16 14:57:14

महिला खबर
basanti-22काठमाडौं। मुक्तकमैया, कमलरी तथा हलिया प्रथा उन्मुलनकी अभियन्ता वसन्ती चौधरीले एनपिस अवार्ड जितेकी छन्। डेढ दशकदेखि सुदूरपश्चिमको कैलालीमा कमैया, हलिया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी उनी एनपिसको ‘अनटोल्ड स्टोरी’ अर्थात नभनिएका कथा क्याटोगरीमा अवार्ड जितेकी हुन्। सिमान्तकृत समुदायबाट प्रतिनिधत्व गर्ने चाैधरीले महिला हि‌ंसाविरुद्ध निन्तर स‌ंघर्ष गरेका कारण यो अवार्ड प्रदान गरिएको एनपिस नेटवर्कको वेवसाइटमा उल्लेख छ । यसअघि पनि कैलाली कै मुक्त कमलरी काैशिला चाैधरीले याे अवार्ड पाएकी थिइन् ।

एनपिस नेटवर्कलेे अवार्ड जितेको घोषणा बुधबार गरेको हो। विजेता चौधरीले भोट गरेर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएकी छन्। उनले यो आफ्नो कामको मूल्यांकन गरेर अवार्ड प्रदान गर्ने एनपिस नेटवर्कलाई धन्यवाद दिएकी छिन्। यसैगरि याे अवार्ड जित्नेमा अफगानिस्तानबाट हबिबा सरावी,पाकिस्तानकी  रिजवाना शाह, श्रीलङंकाकी सुमिका परेरा, इण्डानेसियाकी रुबी खालिफा र फिलिपिन्सकी मरियम बरन्दिया रहेका छन्  ।

को हुन् बसन्ती ?

वसन्ती चौधरी कमैया प्रथा उन्मुलन समाज कैलालीकी अध्यक्ष एवम मुक्तकमैया समस्या समाधान आयोगकी केन्द्रीय सदस्य हुन्। उनको नेतृत्वमा रहेको संस्था समाजमा कैलालीका तीन हजार चार मुक्त कमैया सदस्य आबद्ध छन्।

जसमा करिब तीन हजार महिला गृहणी छन्। यो संस्थाको सञ्जाल कैलालीको १५ गाविसमा फैलिएको छ। यो संस्थाले घरेलु हिंसा, कमलरी माथिको दुर्व्यहावर र विभिन्न किसिमका विभेद्विरुद्ध पनि आवाज उठउँदै आएको छ। यो संस्थाले मुक्त कमैया कमलरी माझ विभिन्न खालका प्रशिक्षण पनि चलाउँदै आएको छ। उनी महिला मानव अधिकार रक्षक सञ्जालमा पनि सक्रिय छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: