महिला खबर
ललितपुर । लगनखेल नजिकैको प्रयाग पोखरीमा रहेको एक स्कुलका लेखापालले बालिकालाई गरेको यौन दुर्व्यवहारविरुद्ध अभिभावकले प्रहरीमा जाहेरी दिएका छन् । मंगलवार साँझ उनीहरूले पीडकलाई कार्वाहीका माग गर्दै जाहेरी दिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । उक्त स्कुलका पाँच कक्षा पढ्ने आठ जना बालिकालाई एकवर्षदेखि यौन दुर्व्यवहार गर्दै आएको बालिकाहरूले बताएपछि सोमवार स्कुलका लेखापाल दिवाकर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ललितपुर उपमहानगरपालिका वडा नम्बर छ मा रहेको उक्त स्कुल पढ्ने बालिकाहरूले स्कुलका लेखापालले यौन दुर्व्यवहार गर्ने गरेको बताएपछि अभिभावकहरूले उनलाई कडा कार्वाहीको माग गरेका छन् । लेखापाल श्रेष्ठले पाँच कक्षा पढ्ने ८ जना बालिकालाई एकवर्षदेखि चक्लेट दिएर, मम खुवाएर फकाइ यौन दुर्व्यवहार गर्दै आएकोे अभिभावकहरूले बताएका थिए ।
पीडकले आफ्नो कर्म स्वीकार गरेको प्रहरीले जनाएको छ । पीडकले बालिकाको संवेदनशील अंगमा सुम्सुम्याउने गरेको बालिकाहरूले बताएपछि पीडितका अभिभावक सबै स्कुलमा आइ ती शिक्षकलाई कार्वाही गर्न माग गरेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक इश्वर कार्कीले उक्त घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।
Comment Here!